२८ भाद्र २०८३, आईतवार
,
Latest
जिप दुर्घटनाका चार गम्भीर घाइतेलाई हेलिकप्टरबाट सुर्खेत लैजान माग सानीभेरीमा जिप दुर्घटना हुँदा दुईको मृत्यु, नौ जना घाइते बाणगङ्गा नदीमा फसेका १२ जनाको सकुशल उद्धार मधेशमा इन्जिनियरिङ अध्ययन संस्थान स्थापना गर्ने शिक्षामन्त्री पोखरेलको ऐतिहासिक पहल: तीन वर्षभित्र पठनपाठन सुरु गर्ने… भोटेकोशी बाढीः अठार विद्यालयमा क्षति ट्रक दुर्घटनामा चालकको मृत्यु मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु जेन–जी आन्दोलनको पाठः वागमतीका सबै सरकारी भवनको बीमा गरिँदै ‘बुक फ्रि फ्राइडे’ र ‘स्किल इन एजुकेसन’ आगामी शैक्षिकसत्रदेखि लागू गर्ने तयारी बृहत् आँखा शिविरः एक हजार चार सय लाभान्वित
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेत्रहिन क्रिकेट प्रतियोगिताको उपाधि वाग्मति काठमाडौलाई



अ+ अ-

काठमाडौं ।  ३२ औं अपाङ्गता दिवशको अवसरमा नेत्रहिन क्रिकेट संघ,नेपालले आयोजना गरेको नेत्रहिन क्रिकेट प्रतियोगिताको उपाधि वाग्मति काठमाडौले जित्न सफल भएको छ ।

बुधवार भएको फाइनलमा टस जितेर फिल्डिङ्ग रोजेको वाग्मतिले कास्कीलाई २० ओभरको निधारित खेलमा १५४ रनको योगफलमा रोकेको थियो । उक्त रन जोड्ने क्रममा कास्कीले ९ व्हिृकेट गुमाएको थियो भने कास्कीको लागि सुनिल राना मगरले सर्वाधिक ५३ रन बनाएका थिए ।

वाग्मतिको लागि किरण चलाउनेले २, निश्चल शिवाकोटी,भुपराज पाठक र सुजन श्रेष्ठले १/१ व्हिृकेट हात पारेका थिए ।

निर्धारित १५५ रनको लक्ष्य पु-यायदै वाग्मतिले १५.५ओभरका मात्र २ व्हिृकेट गुमाएर भेट्टाएका थियो । वाग्मतिका लागि भुपराज पाठकले सर्वाधिक ४१ रन बनाएका थिए भने कास्कीका युवराज भण्डारीले २ व्हिृकेट हात पारेका थिए। फाइन खेलको प्लेयर अफ द म्याच वाग्मतिका भुपराज पाठक भएका थिए।

मंसिर १७ देखि २० गते सम्म मुलपानी क्रिकेट मैदानमा कास्की, म्याग्दी, सिन्धुपाल्चोक, वाग्मति काठमाडौं तथा राष्ट्रिय नेत्रहिन महिला क्रिकेट टोली विचमा भएको नेत्रहिन क्रिकेट प्रतियोगितामाको समापन समारोहका प्रमुख अतिथि रास्वपाका सांसद हरि ढकालले विजेता वाग्मति टिमलाई रु ३०००० नगद, सिल्ड, तथा प्रमाणपत्र तथा उपविजेता कास्कीलाई रु१५००० नगद, सिल्ड तथा प्रमाणपत्र हस्तान्तरण गरेका थिए।

प्रतियोगिताको प्लोयर अफ द सिरिज सुनिल राना मगर भएका थिए । नेत्रहिन क्रिकेट संघ नेपालका अध्यक्ष पवन धिमिरोले राज्यले समावेशी खेलकुदलाई पक्षपात गरेको अनुभव व्यक्त गर्दै आगामी दिन समावेशी खेलकुद तथा अपाङ्गता भएका खेलाडीहरुको उचित सम्मान हुनुपर्ने आवाज समेत उठाएका थिए ।