• २० असार २०८१, बिहीबार
  •      Thu Jul 4 2024
  •   Unicode
Logo
Latest
★   रवि लामिछाने विरुद्धको मुद्दामा दुई न्यायाधीशबीच राय बाझियो ★   रौतहट कटहरियाका मेयर र उपमेयरसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर ★   एकीकृत समाजवादीको अध्यक्षमा नेपाल र महासचिवमा भूसाल सर्वसम्मत ★   एकीकृत समाजवादीको नेतृत्व सर्वसम्मत चयन गर्नुपर्नेमा महाधिवेशन प्रतिनिधिहरुको जोड ★   रास्वपा महामन्त्री ढकालको समीक्षा प्रतिवेदन सार्वजनिक–पूर्णपाठसहित ★   गगनको दाबी: प्रधानमन्त्रीले अर्को दलसँग सहकार्य गर्ने पहल थालेपछि गठबन्धन भत्कियो ★   केमोथेरापीअघि कपाल त्याग गर्दै हिना खानले भनिन्: म जित्ने आँट गर्दैछु ★   धनुषामा पोखरीमा डुबेर तीन बालिकाको मृत्यु ★   दक्षिण अफ्रिकामा ३४ हजार बर्ष पूराना ‘धमिराको ढिस्का’ फेला ★   चीनसँगको बीआरआई परियोजनालाई अघि बढाउने सरकारको नीति हो: उपप्रधानमन्त्री श्रेष्ठ

राप्रपाले अस्थिरता र अराजकता भित्र आफ्नो भविष्य खोज्दैन: अध्यक्ष लिङदेन



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले जन दबाबका कार्यक्रम गर्ने निर्णय गरेको छ ।

बुधवार पार्टी केन्द्रिय कार्यालय धुम्बाराहीमा बसेको केन्द्रिय कार्यसमितिको बैठकले यस्तो निर्णय गरेको हो । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष राजेन्द्र लिङदेनले पार्टीले पुस, माघ, फागुन र चैत्र महिनामा जनदबाबका कार्यक्रम आयोजना गर्ने बताउनु भयो ।

उहाँले कार्यसमितिको बैठकले पार्टीको नियमावली पास गर्ने निर्णय गरेको बताउनु भयो । उहाँले निकट भविष्यमा नै राष्ट्रिय प्रजातन्त्र पार्टीले आफ्ना राजनीतिक मान्यता स्थापनाका साथसाथै सुशासन र विकासका लागि जन दबाबका कार्यक्रम अघि बढाउने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘३ गते बस्ने केन्द्रिय कार्यसमितिको बैठकको एजेण्डाहरु तय गर्ने सन्दर्भमा बैठक बसेको हो । बैठक आज एजेण्डामा नै सकियो । एजेण्डामा पार्टीको नियमावली पास गर्नुपर्ने थियो, त्यो भयो । निकट भविष्यमा नै राष्ट्रिय प्रजातन्त्र पार्टीले आफ्ना राजनीतिक मान्यता स्थापनाका साथसाथै सुशासन र विकासका कुरा समेत लिएर व्यापक जन दबाबका कार्यक्रम लैजाने भनेर पुस, माघ, फागुन र चैत्र आन्दोलनका रुपमा आफ्ना गतिविधि अघि बढाउने भनेर आन्दोलनका कार्यक्रम प्रश्तुत गरेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी एउटा छुट्टै एउटा राजनीतिक पार्टी हो र यसले अस्थिरता, अराजकता भित्र आफ्नो भविष्य खोज्दैन । अरुले गर्ने आन्दोलनलाई बिरोध र समर्थन गर्न हतार गर्दैन ।’

अध्यक्ष लिङदेनले राष्ट्रिय प्रजातन्त्र पार्टी छुट्टै राजनीतिक पार्टी भएकाले अस्थिरता, अराजकता भित्र आफ्नो भविष्य नखोज्ने बताउनु भयो ।