१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

एमालेको परिकल्पनामा बनेको भेरी-बबई नदी पथान्तरण आयोजनामा पुग्दा

एमालेको परिकल्पनामा बनेको  भेरी-बबई नदी पथान्तरण आयोजनामा पुग्दा
अ अ+ अ-

झुलाघाट-चिवाभञ्याङ : समृद्धिका लागि सङ्कल्प यात्रा । हिजो २०८० मङ्सीर १९, छैटौं दिन ।श्रध्देय अध्यक्षज्यू संगै भेरी-बबई नदी पथान्तरण आयोजनाको हेडवक्स अवलोकनका साथै आयोजनाको समग्र कार्यप्रगतिका बारेमा जानकारी लिने मौका मिल्यो ।

२०५१ को मनमोहन अधिकारी नेतृत्वको नेकपा (एमाले) सरकारले जनसहभागितामा आधारित भएर शुरू गरेको बबई सिंचाई आयोजनाबाट बर्दिया र बाँके जिल्लामा सिंचाई सुविधा विस्तार गर्न पानिको थप स्रोत आवश्यक भए पछि भेरी-बबई नदी पथान्तरण आयोजनाको अध्ययन र कार्यान्वयन प्रकृया अघि बढेको हो ।

बहुउद्देशीय यस् आयोजनाबाट बाँके र बर्दियाको ५१ हजार हेक्टर जमिनमा थप सिचाई सुविधा विस्तार हुनेछ । ४६.८ मेगावाट विद्युत (फर्म इनर्जी) उत्पादन भई राष्ट्रीय प्रशारण प्रणालीमा जोडिने छ ।

लामो समयको अध्ययन र पूर्ववतयारी पछि २०७४ कार्तिक २० गते टनेल खन्ने कार्य शुरू गरिएक‍ो थियो । TBM मेसिनबाट १२.२ किलोमिटर लामो टनेल खन्ने काम सम्पन्न भएसंगै तात्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीज्यूको समुपस्थितिमा २०७६ बैसाख ३ गते ब्रेक थ्रु गरिएको थियो । टनेलक‍ो Finished diameter ४.२ मिटर र cutting diamer ४.६ देखि ४.७ मिटर रहेको छ ।

२९ अर्व ९१ करोड लागत सम्झौता गरिएको यस आयोजनाको हालसम्मको भौतिक प्रगति ६०.४ प्रतिशत र वित्तीय प्रगति ५४.४ प्रतिशत भएको छ ।

हामीलाई हेड वक्स, पावरहाउस, विध्दुत प्रशारण लाईन लगायतको पहिलो चरणको काम दुईबर्ष भित्र सम्ममा सम्पन्न गर्ने योजना रहेको आयोजना प्रमुख रणबहादुर बमले जानकारी दिनुभयो ।

श्रध्देय अध्यक्ष केपी शर्मा ओलीज्यूले गुणस्तर सुनिश्चित गर्दै, प्रक्षेपित लागतमा, निर्धारित समय भित्र आयोजना सम्पन्न गर्न निर्देशन दिनुभयो र आयोजना सम्पन्न गर्न आफ्नो तर्फबाट सदा सहयोग रहने जानकारी गराउनु भयो ।

पौडेल नेकपा एमालेका उपाध्यक्ष हुनुहुन्छ ।