• २३ भाद्र २०८१, आईतवार
  •      Sun Sep 8 2024
  •   Unicode
Logo

दोस्रो सैंबु खुला ब्याडमिन्टन: क्वार्टरफाइनलका खेलहरू सम्पन्न



ललितपुर (भैंसेपाटी): सैंबु ब्याडमिन्टन सर्कलको आयोजना तथा ललितपुर महानगरपालिका वडा नं. १८ को सहयोगमा मगरगाउँमा सञ्चालित दोस्रो सैंबु खुला ब्याडमिन्टन प्रतियोगिताका क्वार्टरफाइनल खेलहरु आज सम्पन्न भएका छन् ।

जिल्ला ब्याडमिन्टन संघको प्राविधिक सहयोगमा सञ्चालित यस प्रतियोगिता अन्तर्गत आज सम्पन्न पहिलो क्वार्टरफाइनल खेलमा शिशिर राई र सुरेश तामाङको जोडीले बिनोद महर्जन र सुसन चौधरीको जोडीलाई २१–१७ र २१–१७ को सोझो सेटमा पराजित गरी सेमिफाइनलको यात्रा तय गरेका छन् ।

दोस्रो क्वार्टरफाइनलमा अजय थापा मगर र कमल बहादुर थापाले महेन्द्र हमाल र प्रमोद श्रेष्ठको जोडीलाई प्रतिस्पर्धात्मक खेलमा १६–२१, २१–१७ र २१–१९ को सेटमा पराजित गरेको थियो ।

 

तेस्रो क्वार्टरफाइनलमा उत्तम सत्याल र भीम थापाले सुरज बास्कोटा र अशोक खातीको जोडीलाई २१–८ र २१–१६ को सोझो सेटमा पराजित गरी सेमिफाइनलमा प्रवेश गरेको छ ।

चौथो क्वार्टरफाइनल प्रतियोगितामा श्याम ठकुरी र ओमकार गुरुङको जोडीले अनिल थापा र प्रकाश बहादुर जोशीको जोडीलाई २१–१३ र २१–९ को सोझो सेटमा पराजित गरेको थियो ।

सैंबु ब्याडमिन्टन सर्कलका अनुसार, बिहीबार बिहान पहिलो सेमिफाइनल खेल शिशिर राई र सुरेश तामाङको जोडी र उत्तम सत्याल र भीम थापाको जोडीबीच हुनेछ । दोस्रो सेमिफाइनल अजय थापा मगर र कमल बहादुर थापा एवं श्याम ठकुरी र ओमकार गुरुङ बीच हुनेछ ।

यो प्रतियोगिता आगामी मंसिर २३ गतेसम्म सञ्चालन हुनेछ ।