• १७ असार २०८१, सोमबार
  •      Mon Jul 1 2024
  •   Unicode
Logo
Latest
★   शिक्षा क्षेत्रमा हुने दलीय राजनीतिकरण हटाएरै छाड्छुः मन्त्री श्रेष्ठ ★   तारा एअरले भ्रामक सूचना फैलाउनेमाथि कारबाही अगाडि बढाउने ★   जापानद्वारा एच–थ्री रकेटको सफलतापूर्वक प्रक्षेपण ★   नेताको भाषणबाट मुलुकको समृद्धि हुँदैन: श्रममन्त्री अर्याल ★   चीनमा भारी वर्षाका कारण करिब दुई लाख व्यक्ति विस्थापित ★   बैरागी काइँला र एलपी जोशीलाई पुरस्कृत गरिने ★   राष्ट्रिय परिचयपत्र बनाउन छुटेपनि राज्यबाट पाउने सुविधाबाट वञ्चित हुँदैनन्: गृहमन्त्री लामिछाने ★   २५ वटा काण्डको छानबिन गर्न शक्तिशाली आयोग गठन गर्ने तयारी: गृहमन्त्री लामिछाने ★   व्यवसायिक बाख्रापालनबाट वार्षिक चार लाख बचत ★   चलायमान बन्दै ठमेल र दरबारमार्गका व्यवसाय

नारायणगोपाल स्मृति सम्मान तारादेवी र गणेश रसिकलाई



काठमाडौँ । स्वरसम्राट नारायण गोपाल गुरुवाचार्यको ३३ औँ स्मृति दिवसका अवसरमा स्वर किन्नरी तारादेवी (मरणोप्रान्त) र सङ्गीतकार गणेश रसिक (राई)लाई सम्मान गरिएको छ ।

नारायणगोपाल सङ्गीत कोष र सांस्कृतिक संस्थानद्वारा आज आयोजित कार्यक्रममा कोषका अध्यक्ष उषा शेरचनले उहाँहरुलाई नारायणगोपाल स्मृति सम्मान एवं विशेष पुरस्कार प्रदान गर्नुभयो । पुरस्कारको राशि जनही रु ५१ हजार रहेको छ ।

दिवङ्गत तारादेवीलाई प्रदान गरिएको सम्मान तथा पुरस्कार तारादेवी स्मृति प्रतिष्ठानका उपाध्यक्ष भूवन चन्दले ग्रहण गर्नुभयो । अग्रज स्रष्टा तारादेवीले तीन हजार पाँच सय बढी गीतमा स्वर दिनुभएको छ ।

सो अवसरमा सम्मानित व्यक्तित्व रसिकले स्वरसम्राट नारायणगोपालसँगको सहकार्यका अनुभूति सुनाउँदै उहाँको गीत सङ्गीतबिना सुगम सङ्गीत अपुरो हुने बताउनुभयो । कार्यक्रममा विभिन्न कलाकारले नारायणगोपालले गाउनुभएका विभिन्न गीत प्रस्तुत गर्नुभएको थियो । रासस