२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल सुपर लिगः वीरगञ्ज युनाइटेडलाई पहिलो अंक



अ+ अ-

काठमाडौँ । वीरगञ्ज युनाइटेडले मंगलवार ललितपुर सिटी एफसीलाई २–२ को बराबरीमा रोक्दै जारी नेपाल सुपर लिग(एनएसएल) को दोस्रो सिजनमा पहिलो अंक प्राप्त गरेको छ ।

निकै रोमाञ्चक बनेको खेलमा वीरगञ्जले शिर्ष स्थानको होडमा रहेको ललितपुरलाई बराबरीमा रोक्दै अंक बटुलेको हो । यसअघिका दुई खेल हारेको वीरगञ्जले तेस्रो खेलमा भने उत्कृष्ट प्रदर्शन गर्यो । यता बराबरीसँगै ललितपुरले अंकतालिकाको शीर्ष स्थानमा उक्लिने अवसर गुमाउन पुग्यो । चार खेलबाट ललितपुरले एक जित र तीन बराबरीका साथ दोस्रो स्थानमा छ । शीर्ष स्थानको धनगढी एफसी भने तीन खेलबाट सात अंक छ । तीन खेल खेलेको वीरगञ्जको भने एक अंक छ । त्यसअघि खेलको पाँचौं मिनेटमा ललितपुर सिटीले दुई अवसर सिर्जना ग¥यो । ओमालाजा करिमको फ्रिकिक प्रहार वीरगञ्जका डिफेन्डर एकिङ्स बाफौरले हेडमार्फत क्लियर गरिदिए ।

सोही कर्नरमा पनि ललितपुरले गोल अवसर बनायो । अनिल महर्जनको कर्नरमा अनन्त तामाङको हेडर वीरगञ्जका गोलकिपर दीप कार्कीले बचाए । तर दबाबमा रहेको वीरगञ्जले १० औं मिनेटमा नै मिडफिल्डर विलियम ओपकुको गोलबाट अग्रता लियो । बक्सबाहिर अनिलले क्लियर गर्न नसकेको बल नियन्त्रणमा लिँदै औबेद औसुले विलियमलाई दिएको पास कप्तान अनन्तले क्लियर गर्न खोजे । तर, अनन्तले क्लियर गर्न नसकेको बल नियन्त्रणमा लिँदै विलियमले लेफ्ट फुटेड प्रहार गोलमा परिणत गराए ।

उनको प्रहार ललितपुरका गोलकिपर जेफ्री विली मार्सेललाई बिट गर्दै पोस्टको जाली चुम्यो । यससँगै फ्रेन्च गोलकिपर जेफ्रीले जारी सिजन पहिलो गोल व्यहोरे । यस अघिका तीन खेलमा ललितपुरले सतप्रतिशत क्लिन सिट राख्न सफल भएको थियो । तर वीरगञ्जको अग्रता तीन मिनेट पनि टिक्न सकेन । १३ औं मिनेटमा मिडफिल्डर सेसेहाङ आङ्दाङ्बेको लङ रेन्ज थ्रु बललाई सदुपयोग गर्दै फरवार्ड इमोन एजिकिलले सुन्दर गोल गरे । इमोनले डिफेन्डर जाजे गुस्ताभोलाई छक्याउँदै वीरगञ्जका मार्की तथा कप्तान दीप कार्कीलाई बिट गर्दै गोल गरेका हुन् ।

२४औं मिनेटमा इमोनको प्रहारले पुनः क्षति पुर्याउन लाग्दा मिडफिल्डर भिसोन गुरुङले बललाई क्लियर गरिदिए । २७औं मिनेटमा ललितपुरले निखिल कदमको गोलमा अग्रता लियो । बुटवलका डिफेन्डरले पेनाल्टी क्षेत्रभन्दा केही बाहिर नियन्त्रणमा लिन नसकेको बल खोस्दै कदमले गोल गरेका हुन् । कदमको प्रहार सशक्त नभए पनि वीरगञ्जका गोलकिपर दीप कार्की सहज गोल खान पुगे । ३४औं मिनेटमा मिनेटमा दिनेश हेन्जनको उत्कृष्ट पासमा सेसेहाङ आङदेम्बेले पेनाल्टी क्षेत्रमा गोल गर्ने अवसर खेर फाले । त्यसको तीन मिनेटपछि नै वीरगञ्जका ओबेद ओसुयुले खेलमा फर्कने अवसर सदुपयोग गर्न सकेनन् ।

भिसोन गुरुङको पासमा पेनाल्टी क्षेत्रमा रहेका आबेद फ्रिहेडरमा गोल गर्ने अवर गुमाएका हुन् । त्यससँगै पहिलो हाफमा ललितपुर २–१ ले अगाडि रह्यो । ४६औं मिनेटमा इमोनको फ्रिकिक प्रहार वीरगञ्जका गोलकिपर कार्कीलाई समस्या हुन सकेन । वीरगञ्जले ५२औं मिनेटमा कृपाकान्त महतो थारुको गोलबाट खेलमा फर्कियो । ओपोकुले करिब ३० यार्ड टाढाबाट गरेको सशक्त प्रहार माथिल्लो बारमा लाग्दै फर्कने क्रममा ललितपुरका कप्तान अनन्तको खुट्टामा डिफ्लेक्ट भएको बल नियन्त्रणमा लिँदै कृपाकान्तले नजिकैबाट गोल गरेका हुन् । ५७औं मिनेटमा जय गुरुङको सशक्त प्रहार भाग्यशाली बनेन ।

करिब २२ यार्ड टाढाबाट उनले गरेको प्रहार दोस्रो बारमा लागेर फर्किंदा ललितपुरका गोलकिपर जेफ्रीको ढाडमा ठोक्किए पनि गोल हुन सकेन । इन्जुरी समय ललितपुरको दुई राम्रा अवसर गोलमा परिणत हुन सकेन । दिनेश हेन्जनको उत्कृष्ट प्रहार वीरगञ्जका गोलकिपर दीपले जोगाए । ललितपुरले अर्को अवसर पनि बनायो । कप्तान अनन्त तामाङको सशक्त फ्रिकिक प्रहारमा वीरगञ्जका गोलकिपर दीप कार्कीले उत्कृष्ट डाइभ गर्दै आफ्नो टोलीको संकट टारे । त्यसपछि बाँकी समयमा दुवैले गोलका लागि धेरै अवसर सिर्जना थरे पनि थप गोल हुन सकेन र खेल बराबरीमै टुङ्गियो ।