२९ आश्विन २०८३, बिहीबार Thursday, October 15, 2026
२९ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar कांग्रेस महाधिवेशन : मधेशी खुलातर्फ अनिल रुंगटा पहिलो स्थानमा News Polar बूढीगण्डकी बाढीः प्रभावित क्षेत्रबाट एक हजार बढीको हेलि उद्धार News Polar चार दिनमै सुनको मूल्य ८ हजारभन्दा बढीले घट्यो News Polar शिक्षा बजेटमा प्रदेशको हिस्सा बढाउने तयारी, पूर्वाधार मूल्याङ्कन सुरु News Polar करदाता प्रोत्साहन उपहार कार्यक्रममा बिल प्रविष्ट गर्ने अन्तिम म्याद असोज ३१ News Polar कांग्रेस महाधिवेशनको सम्पूर्ण मतपरिणाम आज रातिसम्म सार्वजनिक हुने News Polar उदयपुरबाट वार्षिक तीन हजार मेट्रिकटन मासु निर्यात News Polar कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारकाे कति मत? News Polar लमजुङ कालिकाः जहाँ देशबासीको कल्याणका लागि गरिन्छ पूजा News Polar विज्ञापन बोर्डको वार्षिक प्रतिवेदन पेसः ‘डिजिटल’ विज्ञापन नियमन प्राथमिकतामा News Polar कविता: आश मरेको छैन News Polar प्राकृतिक उपचारस्थल सिङ्गा तातोपानी कुण्ड पुनःसञ्चालन News Polar वीरगञ्जमा दशैंका लागि नयाँ नोट वितरण सुरु, प्रतिव्यक्ति १८ हजार ५०० रुपैयाँ साट्न पाइने News Polar दसैँको चहलपहल बढे पनि बाजुराका किसान धान भित्र्याउन व्यस्त News Polar फर्सेका बाढीपीडितलाई दसैँको रौनकले छोएन् News Polar कर्णाली भूगोल खुला पुरुषतर्फ कांग्रेस केन्द्रीय सदस्यमा खडकबहादुर शाही निर्वाचित News Polar नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा–आराधना गरिँदै News Polar घिरिङ र डेढगाउँ जोड्ने कालीगण्डकीको पुल सञ्चालन News Polar शिक्षा मन्त्रालयद्वारा बजेट कार्यान्वयन र नीतिगत सुधारका लागि सातै प्रदेशमा कार्यशाला News Polar हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति

न्यायपालिकाको आत्मा मरेको छ , कसरी निदाउन सक्नु भएको छ श्रीमान ? : टीकाराम भट्टराई (भिडियो सहित)

न्यायपालिकाको आत्मा मरेको छ  , कसरी निदाउन सक्नु भएको छ श्रीमान ? :  टीकाराम भट्टराई (भिडियो सहित)
अ अ+ अ-

न्याय सम्पादन अहिले हाँसी मजाकको विषय बनेको छ । हरेक प्रधान न्यायाधीशले न्यायालयमा रहेका समस्याहरु आफू रिटायर्ड (अवकाश) भएपछि मात्रै देख्नुहुन्छ । त्यो पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठ, सुशीला कार्कीकोमा पनि लागू हुन्छ । तपाइँहरु पनि दोषमुक्त हुनुहुन्न, र हामी पनि दोषमुक्त छैनौं । न्यायपालिकामाथि यतिका प्रश्नहरु उठिरहेका छन्, न्यायाधीशहरु निरिह देखिनु भएको छ, केही गर्न सकिरहनु भएको छैन । उहाँहरु भन्नुहुन्छ, हामीहरु त जुन जुन मुद्दा आयो त्यो मुद्दामा कागज हेरेर फैसला गर्दिने त हो नि । मानौं तपाईंहरु जागिरे मात्र बन्नु भएको छ । 
मैले सम्मानका साथ भनेको छु ।

प्रधानन्यायाधीशमाथि उठेका प्रश्नहरु तपाइँ अन्य न्यायाधीशमाथि उठेका प्रश्न होइनन् ? न्यायापालिकामाथि उठेका प्रश्नहरुले आनन्दमोहन भट्टराई ,प्रकाश मानशिंह रावत र टंकबहादुर मोक्तान श्रीमानलाई छुँदैन ? हामीलाई त छुन्छ । निद्रा लाग्दैन । चिन्ता हुन्छ । त्यो संवेदनशीलता देखाउनु पर्दैन ? जुन प्रधानन्यायाधीशले गलत गर्यो भनेर मुद्दा परेका छन् सोकज (आदेश) हुँदैन, वा आफैंमा राखिन्छ महिनौंसम्म । यो अवस्था कहिलेसम्म रहिरहन्छ मुलुकमा ? यो विडम्बनापूर्ण अवस्था न्यायपालिकामा जबसम्म रहिरहन्छ, यो संविधानले कसरी कार्य गर्छ ? यो गणतन्त्रले कसरी काम गर्छ ? कुन न्यायाधीशकहाँ कुन मुद्दा परेको छ भनेर बिहान पेशीसूची हेर्दा हामी फैसला भन्न सक्छौं । भोलि बिहान साढे १० बजे सोध्नुहोला, खुला चुनौती (ओपन च्यालेन्ज) छ । प्रचण्डजीले दिएको पुनरावलोकनको मुद्दा कुन न्यायाधीशकहाँ तोकिन्छ म साढे १० बजे अनुहार हेरेर फैसला भन्दिन्छु ।

अवस्था यस्तो संवेदनशील, गम्भीर छ । अहिले न्यायको आत्मा मरेको छ, संविधानको आत्मा मरेको छ, न्यायपालिकाको आत्मा मरेको छ । बार निरिह छ, हामी वकील निरिह छौं । तपाईं श्रीमानहरु निरिह हुनु भएको छ । त्यसैले न्यायपालिकालाई हामीले हाँसी मजाकको विषय बनाइयो । कहिलेसम्म हाँसीमजाक बनाइरहने ? प्रधानन्यायाधीशले भनेका कुराहरुले हरेक न्यायाधीशलाई दुख्नुपर्छ, हरेक वकीललाई दुख्नुपर्छ, हरेक न्यायकर्मीलाई दुख्नुपर्छ । त्यो दुःखेको छ अहिले ? मैले दुःखेको अनुभूत गरिरहेको छैन । 
त्यसकारण, संवैधानिक इजलासका कुराहरु यथा अवस्थामा चल्न सक्दैन । संवैधानिक इजलासको साटो संवैधानिक अदालत हुनुपर्छ भन्दा फेरि पनि कल्याण श्रेष्ठको नाम लिएँ उहाँले इजलास नै चाहिन्छ अदालत चाहिन्न भनेर लबिङ गर्नुभयो । तर हामीमाथि आरोपित गरियो । तर मेरो मान्यता स्पष्ट छ, म न्यायाधीशको जागिर खान्न, सर्वोच्च अदालतको प्रधानन्यायाधीश हुनेगरी नियुक्त गरिए पनि त्यो पद मलाई चाहिएको छैन ।

तर अहिले भएको संवैधानिक इजलासलाई कसरी प्रभावकारी बनाउने भन्ने कुरा आजको प्रश्न हो । यसको नियमावलीमा संशोधन जरुरी छ । यसको संरचनामा संशोधन वा व्याख्या आवश्यक छ । संवैधानिक इजलासमा अमुक अमुक श्रीमानलाई पार्ने प्रयत्न हुन्छ, अमुक श्रीमान किन पर्नुहुन्न भन्ने कुरा प्रधानन्यायाधीशमाथिको प्रश्न हो । न्यायपालिका यस ढंगले चल्दैन । न्यायपालिका कार्यपालिकाको छायाँ भएको छ, यसबाट माथि उठाउने प्रयत्न हामी सबैले गरौं । 
(वरिष्ट अधिवक्ता टीकाराम भट्टराईले राजधानीमा आयोजना गरेको कार्यक्रममा व्यक्त गर्नु भएको विचार)