• ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
  •   Unicode
Logo
Latest
★   राजनीतिक दल सम्बन्धी विधेयक फिर्ता लिने सरकारको निर्णय ★   काँग्रेसको अवरोधपछि जेठ ६ गतेसम्मका लागि राष्ट्रियसभाको बैठक स्थगित ★   उपप्रधानमन्त्री लामिछानेलाई संसदमा बोल्न दिनुपर्नेमा राप्रपाको जोड ★   हात्ती धपाउन अत्याधुनिक ‘ड्रोन’को प्रयोग ★   सन्दीपलाई मेरिना इम्पेक्सको सुट ★   प्रधानमन्त्रीले कांग्रेसका नेताहरूलाई छलफलका लागि बोलाए ★   संसदीय समिति नबनेसम्म सदन चल्न नदिने ‘मुड’मा विपक्षी दल ★   ‘उप’ भन्ने भाष्य चिर्न लागिपरेको छु: उपसभामुख राना (अन्तरवार्ता) ★   न्यायपालिकाप्रतिको आशंका निवारणमा सबै पक्षको प्रयास केन्द्रित हुनुपर्छ: प्रधानन्यायाधीश श्रेष्ठ ★   न्यायपालिकाको सुदृढिकरणका लागि सरकार प्रतिवद्ध: प्रधानमन्त्री

पर्वतमा औँसेकीराले ३० प्रतिशत सुन्तला नष्ट, किसान चिन्तित



पर्वत । पाक्ने बेलाको सुन्तलामा औँसे किरा फैलिएर नाश हुन थालेपछि पर्वतका किसान चिन्तित छन् ।

सुन्तला खेतीका लागि पकेट क्षेत्र मानिएको पर्वतको मोदी गाउँपालिका–२ देउपुर र दक्षिण पर्वतको पैंयु गाउँपालिका–३ त्रिवेणीमा पछिल्लो दुई सातायता औँसे किराको प्रकोप फैलिएको हो । सुन्तला बेचेर राम्रो आम्दानी गर्ने बेलामा औँसे किरा र पतेरोले सुन्तला झरेर बगैँचा भरिएको किसानले बताएका छन् । देउपुरका दाताराम चापागाईले असिना र खडेरीबाट जोगिएको सुन्तला बिक्री गरेर केही आम्दानी गर्ने आशामा रहेका बेला औँसे किराका कारण सुन्तला झर्न र बोटसमेत मर्न थालेका बताउनुभयो ।

देउपुरमा मात्रै तीन सय बढी किसान व्यावसायिक सुन्तला खेती गर्दै आएका छन् । यो गाउँबाट गत वर्ष रु तीन करोडको सुन्तला बिक्री भएको स्थानीय माछापुच्छ«े सुन्तला उत्पादक समूहका अध्यक्ष दाताराम चापागाईले राससलाई जानकारी दिनुभयो । पछिल्ला केही दिनयता औँसे किरा लागेर धमाधम सुन्तला झर्न थालेको उहाँले बताउनुभयो । यस वर्षमा स्थानीय मोदी गाउँपालिका र कृषि ज्ञान केन्द्रमा अनुरोध गरे पनि निदानका लागि कुनै उपाय नपाएको स्थानीय प्रकाश चापागाईले बताउनुभयो ।

पर्वतमा उत्पादित सुन्तला पोखरा, काठमाडौँ र बुटबल लैजाने भए पनि अहिलेसम्म व्यापारी आइपुगेका छैनन् । टिप्ने बेलामा झर्ने र भएका दानामा पनि कीरा लागेर खानै नमिल्ने समस्या देखिएको उहाँको भनाइ छ ।

कृषि ज्ञान केन्द्र पर्वतले देउपुर र त्रिवेणीलगायत ठाउँमा औँसे कीराबाट झन्डै ३० प्रतिशत क्षति पुगेको जनाएको छ । कृषि ज्ञान केन्द्र पर्वतका प्रमुख परशुराम अधिकारीले २५ देखि ३० प्रतिशत क्षति पुगेको र थप क्षति हुन नदिनका लागि जतिसक्दो चाँडोे सुन्तला टिपेर बजार पठाउन आग्रह गरिएको उहाँले बताउनुभयो । उहाँले औँसा किराले झरेका सुन्तलालाई प्लास्टिकमा जम्मा गर्ने र नष्ट गर्ने यो प्रक्रियाले किराको चक्र ब्रेक गर्न सकिने भएकाले किसानलाई प्लास्टिकमा जम्मा गरेर नष्ट गर्न लगाइएको समेत बताउनुभयो ।

औँसा कीराको प्रकोपबारे पोखराबाट बाल संरक्षण प्रयोगशालाबाट विज्ञहरु लगेरसमेत स्थलगत अनुगमन गरिएको  किराको प्रकोप निदानका लागि किसानलाई आवश्यक सल्लाह र विषादीसमेत सिफारिस गरिएको बताउनुभयो । चाइनिज फ्रुट प्लाई अर्थात् औँसा कीराको चक्र नष्ट  गर्न झरेका सुन्तला प्लास्टिकमा जम्मा गर्ने र गहिरो खाल्डोमा पुर्न उहाँ सुझाउनुहुन्छ ।

पर्वतमा झन्डै नौ सय हेक्टर क्षेत्रफलमा सुन्तला खेती हुँदै आएको छ । जिल्लाका अन्य क्षेत्रमा भने अहिलेसम्म रोग कीराको समस्या नदेखिएको कृषि ज्ञान केन्द्र पर्वतले जनाएको छ । गत वर्ष पर्वतबाट रु ३० करोडका सुन्तला निर्यात भएको थियो ।
किसानले समयमै मल, कीटनाशक विषादीको प्रयोग, बगँैचा सुधार गरेको तथा यस वर्ष हावाहुरी असिनाले मुख्य पकेट क्षेत्रहरुमा असर नपारेका कारण पर्वतमा यस वर्ष पनि सुन्तला उत्पादनमा वृद्धि हुने केन्द्रले जनाएको छ ।  रासस