४ फाल्गुन २०८१, आईतवार
,
Latest
तथ्यपरक भएर आफ्ना विचार संप्रेषण गर्न सांसद ज्ञानबहादुर शाहीलाई राष्ट्रिय सभाको निर्देशन हेमोफिलियाका बिरामीलाई निःशुल्क औषधि प्रभु साहको प्रश्नमा प्रधानमन्त्री ओलीले दिएनन् जवाफ परराष्ट्रमन्त्री डा देउवा र युएइका मन्त्रीबीच भेटवार्ता, पोखरा‐दुबई उडानका लागि आग्रह छुवाछुतका विषय हेर्न विशेष प्रहरी डेस्क बनाउछु : गृहमन्त्री लेखक नदीहरूलाई पुनः जीवन्त बनाउने उद्देश्यले ५ ठाउँमा प्रशोधन केन्द्रहरुको निर्माण जारी छः प्रधानमन्त्री नेप्से परिसूचकमा १९ अङ्कको वृद्धि आगलागी र डढेलोबाट हुने सम्भावित जोखिमको विषयमा सरकार संवेदनशील छः प्रधानमन्त्री सत्ता साझेदार दलबीच कुनै शंका उपशंका गर्न जरुरी छैनः प्रधानमन्त्री राष्ट्रिय गौरवका ठूला आयोजनाहरू समयमा सम्पन्न गर्ने विषयमा सरकार गम्भीर छः प्रधानमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रियसभा बैठकः समसामयिक विषयमा सरकारको ध्यानाकर्षण



राष्ट्रियसभा
अ+ अ-

काठमाडौँ । राष्ट्रियसभा सदस्यहरुले आजको बैठकमा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

साथै उहाँहरूले अछामको ढकारी गाउँपालिकामा केहीदिन अघि दुई किशोरी मृत फेला परेको घटनाको अनुसन्धान गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ । सभाको आजको बैठकको शून्य समयमा उहाँहरुले घटनामा संलग्नलाई कारबाही गर्न माग गर्नुभयो ।

सांसद गङ्गाकुमारी बेल्बासेले अछामको ढकारी गाउँपालिकामा सरस्वती खड्का र ईश्वरी खड्काको हत्यामा संलग्नलाई कडा कानुनी कारबाही गर्न र आगामी दिनमा त्यस्ता घटना हुन नदिन सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद शारदादेवी भट्टले किशोरीको हत्यामा संलग्नलाई कडाभन्दा कडा कारबाही गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले महिला हिंसाका घटना न्यूनीकरण हुन नसक्नु तथा दिनप्रतिदिन महिला हत्याको घटना बढ्नु बिडम्बना भएको बताउनुभयो ।

सांसद गोपीबहादुर सार्की अछामीले सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकामा २२ वर्षीय दिनेश विक प्रेमिकालाई भेट्न जाँदा गाउँलेले कुटपिट गरेर हत्या गरेको घटनाको छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गर्नुभयो ।

सभाका अर्का सदस्य जगप्रसाद शर्माले स्वच्छ खानेपानी पाउने नागरिकको नैसर्गिक हक कार्यान्वयन गर्न खानेपानी वितरण प्रक्रियामा लाग्दै आएको विद्युत् महसुल मिनाहा गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद तारामान स्वाँर, मायाप्रसाद शर्मा र तुलसाकुमारी दाहालले सुदूरपश्चिम प्रदेशको राजधानी निर्माणका लागि सङ्घीय सरकारले ध्यान दिनुपर्ने, जाजरकोट भूकम्पबाट प्रभावितका आवास पुनःनिर्माणमा ढिलाइ हुन नहुने तथा संविधानको भावनाअनुसार कानुन निर्माण गर्न सङ्घीय संसद्को चालु अविधेशन केन्द्रित हुनुपर्नेमा जोड दिनुभयो ।

राष्ट्रियसभाको बैठक जारी छ ।