२९ आश्विन २०८३, बिहीबार Thursday, October 15, 2026
२९ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar कांग्रेस महाधिवेशन : मधेशी खुलातर्फ अनिल रुंगटा पहिलो स्थानमा News Polar बूढीगण्डकी बाढीः प्रभावित क्षेत्रबाट एक हजार बढीको हेलि उद्धार News Polar चार दिनमै सुनको मूल्य ८ हजारभन्दा बढीले घट्यो News Polar शिक्षा बजेटमा प्रदेशको हिस्सा बढाउने तयारी, पूर्वाधार मूल्याङ्कन सुरु News Polar करदाता प्रोत्साहन उपहार कार्यक्रममा बिल प्रविष्ट गर्ने अन्तिम म्याद असोज ३१ News Polar कांग्रेस महाधिवेशनको सम्पूर्ण मतपरिणाम आज रातिसम्म सार्वजनिक हुने News Polar उदयपुरबाट वार्षिक तीन हजार मेट्रिकटन मासु निर्यात News Polar कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारकाे कति मत? News Polar लमजुङ कालिकाः जहाँ देशबासीको कल्याणका लागि गरिन्छ पूजा News Polar विज्ञापन बोर्डको वार्षिक प्रतिवेदन पेसः ‘डिजिटल’ विज्ञापन नियमन प्राथमिकतामा News Polar कविता: आश मरेको छैन News Polar प्राकृतिक उपचारस्थल सिङ्गा तातोपानी कुण्ड पुनःसञ्चालन News Polar वीरगञ्जमा दशैंका लागि नयाँ नोट वितरण सुरु, प्रतिव्यक्ति १८ हजार ५०० रुपैयाँ साट्न पाइने News Polar दसैँको चहलपहल बढे पनि बाजुराका किसान धान भित्र्याउन व्यस्त News Polar फर्सेका बाढीपीडितलाई दसैँको रौनकले छोएन् News Polar कर्णाली भूगोल खुला पुरुषतर्फ कांग्रेस केन्द्रीय सदस्यमा खडकबहादुर शाही निर्वाचित News Polar नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा–आराधना गरिँदै News Polar घिरिङ र डेढगाउँ जोड्ने कालीगण्डकीको पुल सञ्चालन News Polar शिक्षा मन्त्रालयद्वारा बजेट कार्यान्वयन र नीतिगत सुधारका लागि सातै प्रदेशमा कार्यशाला News Polar हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति

मानव बेचबिखन तथा ओसारपसार र जबरजस्ती करणीमा संलग्न रहेको अभियोगमा ५ जना पक्राउ

मानव बेचबिखन तथा ओसारपसार र जबरजस्ती करणीमा संलग्न रहेको अभियोगमा ५ जना पक्राउ
अ अ+ अ-

भक्तपुर । मानव बेचबिखन तथा ओसारपसार र जबरजस्ती करणीमा संलग्न रहेको अभियोगमा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा काठमाडौं गोकर्णेश्वर नगरपालिका माकलबारी बस्ने सिन्धुली सुनकोशी गाउँपालिका-७ घर भएका २४ वर्षीय सरगम भन्ने श्याम कुमार भट्टराई, सिन्धुली ग्याङ्ग्ले गाउँपालिका- घर भएकी १९ वर्षीया मसेली भन्ने सुहाना तामा, नुवाकोट सूर्यगढी गाउँपालिका-४ घर भएकी ३१ वर्षीया मुना थापा मगर, काठमाडौं गोकर्णेश्‍वर नगरपालिका-५ जोरपाटी बस्ने ५२ वर्षीय प्रकाश ढुंगेल र काठमाडौं कागेश्‍वरी मनहरा नगरपालिका-१ गागालफेदी बस्ने ४७ वर्षीय राज कुमार सुनार रहेका छन् । 

पीडितका अभिभावकले आफ्नो छोरीलाई चैत १२ गते लिएर गएकी सुहाना तामाङले श्याम कुमार भट्टराईसँग मिलेर काठमाडौं माकलबारीमा फ्ल्याटमा राखी त्यहाँबाट होटलमा पुर्‍याई ग्राहकसँग जवरजस्ती करणी गर्न लगाएको भन्ने जाहेरी प्राप्त हुनासाथ महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनीहरु २ जनालाई पक्राउ गरेको तथा थप अनुसन्धानको क्रममा पाथिभरा फेमिली कटेज एण्ड खाजा घर सुन्दरीजल होटलमा बालिकालाई जबरजस्ती करणी भएको खुल्न आएपछि होटल संचालक प्रकाश ढुंगेल र मुना थापा मगर तथा जबरजस्ती करणी गर्ने राज कुमार सुनारलाई समेत बुधबार प्रहरीले पक्राउ गरेको हो ।
 
सुहानाले युवतीहरुलाई काम लगाई दिने प्रलोभनमा पारी श्याम कुमारको सम्पर्कमा पुर्‍याउने र श्याम कुमारले विभिन्न प्रलोभनमा पारी होटलमा पठाई जबरजस्ती करणी गर्न बाध्य बनाउने तथा अनिच्छुकलाई धाकधम्की दिई भाग्न उम्किन नदिई उक्त फ्ल्याटमा राख्ने गरेको र सोही क्रममा पीडित मध्येकी १६ वर्षीया किशोरी भाग्न सफल भई अभिभावकको सम्पर्कमा आएको अनुसन्धानको क्रममा खुल्न आएको छ । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।