४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

कलेजो र मिर्गाैला प्रत्यारोपण गरेकी सोनालाई ६ लाख ६६ हजार रुपैयाँ उपचार सहयोग प्रदान- भिडियो सहित

कलेजो र मिर्गाैला प्रत्यारोपण गरेकी सोनालाई ६ लाख ६६ हजार रुपैयाँ उपचार सहयोग प्रदान- भिडियो सहित
अ+ अ-

ललितपुर। भाउजुको एउटा मिर्गाैला र श्रीमानको एक टुक्रा कलेजो जोडेर दोस्रो जीवन पाएकी चितवनकी ३३ वर्षिया सोनाकुमारी थापा भुजेललाई उनका मामा दुर्गा बहादुर थापाको पहलमा हङ्गकङ्गबाट संकलित ६ लाख ६६ हजार ५०० रुपैयाँ सोमबार हस्तान्तरण गरिएको छ ।

हङ्गकङ्गस्थित पर्वतको पैयुँखोला समाजका निवर्तमान अध्यक्ष समेत रहेका समाजसेवी मामा दुर्गाबहादुरले समाजका पदाधिकारीहरुका साथै हङ्गकङ्गको इङ्गलोङ्ग र जोर्डनमा बस्ने पर्वतका हितैषि, मित्र र शुभचिन्तकका साथै चिनियाँ मित्रहरुबाट सो रकम संकलन गरेका थिए ।

संकलित रकम किस्ट मेडिकल कलेज शिक्षण अस्पताल ग्वार्काेमा सोमबार आयोजित एक कार्यक्रममा सोनालाई मिर्गाैला दिने भाउजु मञ्जुकुमारी, कलेजो दिने पति निरचन्द्र भुजेल र मेडिकल कलेजका प्रमुख कार्यकारी अधिकृत अमिश पाठकको उपस्थितिमा सो रकम मामा दुर्गा बहादुरले भान्जी सोनालाई हस्तान्तरण गरेका हुन् ।

यो पनि पढ्नुहोस- भाउजुको मिर्गौला र श्रीमानको कलेजो जोडेर घर फर्किइन् सोना

सोही अवसरमा नेदरल्याण्ड निवासी सोनाकी सानीमा मीना थापाले पनि सोनालाई थप २५ हजार रुपैयाँ सहयोग हस्तान्तरण गरीन् ।

पैयुँखोला समाज हङ्गकङ्गका वर्तमान अध्यक्ष नीम बहादुर गुरुङ्ग, उनकी श्रीमती लक्ष्मी गुरुङ्ग, सचिव खुमबहादुर गुरुङ्ग, उनकी श्रीमती शिलु गुरुङ्ग, समाजका निर्वतमान अध्यक्ष दुर्गा बहादुर थापा र उनकी श्रीमती शान्तिकुमारी थापा, छोरा सन्तोष थापा र पाल्पाका दिपक रानालगायतले हङ्गकङ्गमा रकम संकलनको थप पहल गरेका थिए ।

यसअघि सोनाको उपचारको लागि उनका अर्का मामा मनबहादुर क्षेत्रीको पहलमा बेलायत निवासी भिमलाल भट्टराईबाट १ लाख १३ हजार, अमेरिका निवासी यज्ञप्रसाद भट्टराईबाट ८० हजार, कोरियाका किसन क्षेत्रीको पहलमा ४० हजार र गण्डकी प्रदेशबाट २५ हजार गरि २ लाख ५८ हजार जुटाईदिएका थिए ।

यसको साथै मामा दुर्गाबहादुर थापाका स्वर्गीय बुबा हरिबहादुर थापा र आमा स्वर्गीय भद्रकला थापाको स्मृतिमा सोनालाई उपचारको लागि ७५ हजार सहयोग उपलब्ध गराईएको थियो ।

नेपालको स्वास्थ्य क्षेत्रको इतिहासमै पहिलोपल्ट किस्ट मेडिकल कलेजमा एकै व्यक्तिमा (सोनालाई) एकैचोटी गत असोज २२ गते १८ घण्टा लगाएर सोनालाई एउटा मिर्गाैला र कलेजो सफलतापूर्वक प्रत्यारोपण गरिएको थियो ।

सोनाकी भाउजु मञ्जुकुमारी क्षेत्री जिसीले आफ्नो एउटा मिर्गाैला झिकेर दिएकी थिइन् भने सोनाका पति नीरचन्द्र भुजेलले आफ्नो कलेजोको एक टुक्रा दिएर सोनालाई दोस्रो जीवन दिएका थिए ।

मिर्गाैला दिने भाउजु मञ्जुकुमारी ७ दिनपछि असोज २९ गते र कलेजो दिने श्रीमान निरचन्द्र १३ दिनपछि पूर्णरुपमा स्वस्थ भई कात्तिक ५ गते र सोना कात्तिक १५ गते सो मेडिकल कलेजबाट डिस्चार्ज भएका थिए ।

अहिले कलेजो र मिर्गाैला ग्रहणकर्ता सोना र कलेजो दिने दाता नीरचन्द्र र मिर्गाैला दाता भाउजु मञ्जुकुमारी पुर्णरुपमा स्वस्थ भईसकेका छन् ।

किस्ट मेडिकल कलेजका वरिष्ठ शल्यचिकित्सक प्रा.डा.मुकुन्दराज जोशीको नेतृत्वमा नेपाल सरकारबाट प्रत्यारोपणको लाइसेन्स प्राप्त कलेजो प्रत्यारोपण शल्यचिकित्सक डा.एकानन्द सिंह र डा.वरुण श्रेष्ठको साथै मिर्गाैला प्रत्यारोपण विशेषज्ञ डा.नारायण भुषाल, डा.सन्तोष क्षेत्री र डा.कश्यप दाहाल सहितको टोलीले सोनालाई मिर्गाैला र कलेजो प्रत्यारोपण गरेको थियो ।

https://www.facebook.com/newspolar/videos/670547405277754