• ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
  •   Unicode
Logo
Latest
★   काठमाडौँ महानगरपालिकाले जित्यो उपत्यकाव्यापी खुला मेयर कप फुटबल खेल ★   राष्ट्रिय साइकल दौड: प्रकाश र उषा च्याम्पियन ★   सहकारी ठगि प्रकरणमा संसदीय समिति बनाउने सहमति ★   ‘कोपिलाका सुगन्ध’ बजारमा ★   नासाको ‘सुपरसोनिक एक्स–५९’ विमान पहिलो परीक्षण उडानको लागि तयार ★   न्यायालयमा व्यावसायिक सुधारका प्रशस्त प्रयास भएका छन्ः प्रधानन्यायाधीश ★   तनहुँमा पौडी खेल्ने क्रममा डुबेर दुई युवाको मृत्यु ★   संसदको गतिरोधलाई राजनीतिक सङ्कटका रूपमा व्याख्या गर्नु हुँदैनः महामन्त्री शर्मा ★   ललितपुर मेयर कप महिला क्रिकेटः लगातार चौथो पटक एपिएफ च्याम्पियन ★   मच्छिम डाँडामा निर्मित ‘भ्युस्टेसन’ पर्यटकको रोजाइमा

कलेजो र मिर्गाैला प्रत्यारोपण गरेकी सोनालाई ६ लाख ६६ हजार रुपैयाँ उपचार सहयोग प्रदान- भिडियो सहित



ललितपुर। भाउजुको एउटा मिर्गाैला र श्रीमानको एक टुक्रा कलेजो जोडेर दोस्रो जीवन पाएकी चितवनकी ३३ वर्षिया सोनाकुमारी थापा भुजेललाई उनका मामा दुर्गा बहादुर थापाको पहलमा हङ्गकङ्गबाट संकलित ६ लाख ६६ हजार ५०० रुपैयाँ सोमबार हस्तान्तरण गरिएको छ ।

हङ्गकङ्गस्थित पर्वतको पैयुँखोला समाजका निवर्तमान अध्यक्ष समेत रहेका समाजसेवी मामा दुर्गाबहादुरले समाजका पदाधिकारीहरुका साथै हङ्गकङ्गको इङ्गलोङ्ग र जोर्डनमा बस्ने पर्वतका हितैषि, मित्र र शुभचिन्तकका साथै चिनियाँ मित्रहरुबाट सो रकम संकलन गरेका थिए ।

संकलित रकम किस्ट मेडिकल कलेज शिक्षण अस्पताल ग्वार्काेमा सोमबार आयोजित एक कार्यक्रममा सोनालाई मिर्गाैला दिने भाउजु मञ्जुकुमारी, कलेजो दिने पति निरचन्द्र भुजेल र मेडिकल कलेजका प्रमुख कार्यकारी अधिकृत अमिश पाठकको उपस्थितिमा सो रकम मामा दुर्गा बहादुरले भान्जी सोनालाई हस्तान्तरण गरेका हुन् ।

यो पनि पढ्नुहोस- भाउजुको मिर्गौला र श्रीमानको कलेजो जोडेर घर फर्किइन् सोना

सोही अवसरमा नेदरल्याण्ड निवासी सोनाकी सानीमा मीना थापाले पनि सोनालाई थप २५ हजार रुपैयाँ सहयोग हस्तान्तरण गरीन् ।

पैयुँखोला समाज हङ्गकङ्गका वर्तमान अध्यक्ष नीम बहादुर गुरुङ्ग, उनकी श्रीमती लक्ष्मी गुरुङ्ग, सचिव खुमबहादुर गुरुङ्ग, उनकी श्रीमती शिलु गुरुङ्ग, समाजका निर्वतमान अध्यक्ष दुर्गा बहादुर थापा र उनकी श्रीमती शान्तिकुमारी थापा, छोरा सन्तोष थापा र पाल्पाका दिपक रानालगायतले हङ्गकङ्गमा रकम संकलनको थप पहल गरेका थिए ।

यसअघि सोनाको उपचारको लागि उनका अर्का मामा मनबहादुर क्षेत्रीको पहलमा बेलायत निवासी भिमलाल भट्टराईबाट १ लाख १३ हजार, अमेरिका निवासी यज्ञप्रसाद भट्टराईबाट ८० हजार, कोरियाका किसन क्षेत्रीको पहलमा ४० हजार र गण्डकी प्रदेशबाट २५ हजार गरि २ लाख ५८ हजार जुटाईदिएका थिए ।

यसको साथै मामा दुर्गाबहादुर थापाका स्वर्गीय बुबा हरिबहादुर थापा र आमा स्वर्गीय भद्रकला थापाको स्मृतिमा सोनालाई उपचारको लागि ७५ हजार सहयोग उपलब्ध गराईएको थियो ।

नेपालको स्वास्थ्य क्षेत्रको इतिहासमै पहिलोपल्ट किस्ट मेडिकल कलेजमा एकै व्यक्तिमा (सोनालाई) एकैचोटी गत असोज २२ गते १८ घण्टा लगाएर सोनालाई एउटा मिर्गाैला र कलेजो सफलतापूर्वक प्रत्यारोपण गरिएको थियो ।

सोनाकी भाउजु मञ्जुकुमारी क्षेत्री जिसीले आफ्नो एउटा मिर्गाैला झिकेर दिएकी थिइन् भने सोनाका पति नीरचन्द्र भुजेलले आफ्नो कलेजोको एक टुक्रा दिएर सोनालाई दोस्रो जीवन दिएका थिए ।

मिर्गाैला दिने भाउजु मञ्जुकुमारी ७ दिनपछि असोज २९ गते र कलेजो दिने श्रीमान निरचन्द्र १३ दिनपछि पूर्णरुपमा स्वस्थ भई कात्तिक ५ गते र सोना कात्तिक १५ गते सो मेडिकल कलेजबाट डिस्चार्ज भएका थिए ।

अहिले कलेजो र मिर्गाैला ग्रहणकर्ता सोना र कलेजो दिने दाता नीरचन्द्र र मिर्गाैला दाता भाउजु मञ्जुकुमारी पुर्णरुपमा स्वस्थ भईसकेका छन् ।

किस्ट मेडिकल कलेजका वरिष्ठ शल्यचिकित्सक प्रा.डा.मुकुन्दराज जोशीको नेतृत्वमा नेपाल सरकारबाट प्रत्यारोपणको लाइसेन्स प्राप्त कलेजो प्रत्यारोपण शल्यचिकित्सक डा.एकानन्द सिंह र डा.वरुण श्रेष्ठको साथै मिर्गाैला प्रत्यारोपण विशेषज्ञ डा.नारायण भुषाल, डा.सन्तोष क्षेत्री र डा.कश्यप दाहाल सहितको टोलीले सोनालाई मिर्गाैला र कलेजो प्रत्यारोपण गरेको थियो ।