१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाहिरबाट ताला लगाएर वडाध्यक्षको घरमा आगजनी



अ+ अ-

विराटनगर । धनकुटाको पाख्रिबास नगरपालिका-६ का वडाध्यक्ष देवेन्द्र गुरागाईँको घरमा मध्यराति अपरिचित व्यक्तिले आगो लगाईदिएका छन् ।

पख्रिबास डाँडाखर्कस्थित घरमा राति सुतिरहेको अवस्थामा अपरिचित व्यक्तिले बाहिरबाट ताला लगाएर आगजनी गरिएको धनकुटाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिए ।

घरको तल्लो तलामा भान्सामा दुई वटा ग्यास सिलिन्डर र कपडा एकै ठाउँमा राखेर आगो लगाईएको उपरीक्षक कोइरालाले बताए । आगोबाट तल्लो तलाका तीन वटा कोठाका अधिकांश सामान जलेको छ । वडाध्यक्ष र परिवार भने माथिल्लो तलामा सुतेका थिए ।

घटनाका विषयमा छानिबन भइरहेको कोइरालाले बताए । आगो लगाउनेको खोजी भइरहेको छ ।