१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो News Polar देशभर २१ विपद्का घटना, आठ जना घाइते News Polar ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’ News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर News Polar नागरिक उड्डयन प्राधिकरण टुक्राउने दुई विधेयक संसद्मा दर्ता News Polar नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता News Polar खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता News Polar वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै News Polar लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन News Polar श्रवण मुकारुङको ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ बजारमा News Polar प्रेमिल गीत ‘साँची राखी माया मेरो’ सार्वजनिक News Polar कर्णाली याक्सलाई प्राइम कन्सल्टेन्सीको साथ News Polar ट्रम्पको ऊर्जा नीतिबाट सन् २०४० सम्म परिवारको खर्च बढ्ने अनुमान : अध्ययन News Polar जापानमा बेरोजगारी दर बढेर २.५ प्रतिशत पुग्यो News Polar सभामुख अर्याल तान्जानियामा हुने अन्तरव्यवस्थापिका सङ्घको महासभामा सहभागी हुँदै News Polar मंसिर ७ देखि काठमाडौँमा ‘काठमाडौँ क्लाइमेट एक्सन विक’ : सहमति पत्रमा हस्ताक्षर News Polar कालीगण्डकी बाढीको असरः राहुघाटको परीक्षण उत्पादन रोकियो

अवरुद्ध सडक खुलाउने काम तीव्र रुपमा भइरहेको छ: मन्त्रालय

अवरुद्ध सडक खुलाउने काम तीव्र रुपमा भइरहेको छ: मन्त्रालय
अ अ+ अ-

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले अविरल वर्षाका कारण क्षति भएका सडक यथाशीघ्र सञ्चालनमा ल्याउन मातहतका निकायलाई निर्देशन दिएको छ ।

मन्त्रालयका प्रवक्ता सुनिलबाबु ढकालले मातहतका निकायमार्फत आफ्ना संयन्त्र र स्रोतसाधन प्रयोगगरी अवरुद्ध सडक खुलाउनका लागि तदारुकताका साथ काम भइरहेको जानकारी दिनुभयो । उहाँका अनुसार वर्षाका कारण आएको बाढी–पहिरोसहित डुबानका कारण देशभर ४१ वटा सडकको ६४ स्थानमा अवरोध भएको छ ।

उहाँले भन्नुभयो, “काठमाडौँ उपत्यका जोड्ने सडकमा सामान्य क्षति भएका स्थानमा मर्मतगरी आजै अबेरसम्म यातायात सञ्चालनमा ल्याउन निर्देशन भएको छ । मन्त्रालयले राष्ट्रिय महत्वका राजमार्गसहित बढी क्षति भएका सडकको अवरोध हटाई यातायात सञ्चालन गर्ने कामलाई मन्त्रालयले प्राथमिकता दिएको प्रवक्ता ढकालले बताउनुभयो । उहाँका अनुसार बाढी–पहिरोबाट छ वटा पुल पूर्ण रुपमा क्षति भएको छ ।

बाढी–पहिरोबाट क्षति भएका सडक विभाग मातहतका आयोजनालाई जतिसक्दो चाँडो मर्मत गरी सञ्चालन ल्याउने र त्यो सम्भव नभएको अवस्थामा वैकल्पिक उपायसमेतका लागि कार्ययोजनासहितको प्रतिवेदन पेस गर्न मन्त्रालयले मातहतका निकायलाई निर्देशन दिइसकेको छ ।

यसैबीच महानगरीय ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन कार्कीले खाल्डाखुल्डीसहित बढी विगिएको काठमाडौँस्थित नागपोखरी क्षेत्रको सडक र उपत्यकाभित्रका नदी किनारका बढी प्रभावित करिडोर सडकमा यातायात सहज रुपमा सञ्चालनमा केही समस्या रहेको प्रतिक्रिया दिनुभयो । करिडोर सडकमा खोलाबाट पसेको हिलो पन्छाउने काम तदारुकताका साथ भइरहेको छ ।

उहाँले भन्नुभयो, “काठमाडौँ उपत्यका प्रवेश गर्ने कुनै पनि नाका खुलेको छैन । बिपी राजमार्गको काभ्रेभञ्ज्यङ खण्डमा सडक भत्किएको छ भने दोलालघाटतर्फ जाने सडक पनि सञ्चालनमा छैन ।”

पृथ्वीराजमार्गको झ्याप्ले खोलालगायत बाहिरका सडकमा खसेको पहिरो पन्छ्याउने काम भइरहेको छ । सुरुआती समयमा एक सय स्थानमा सडक अवरुद्ध भएकामा अहिले करिब ४० स्थानमा खुलाइसकिएको छ । समग्रमा उपत्यकाभित्रको सवारी व्यवस्थापनमा अहिले असहज अवस्था नरहेको बताउँदै प्रवक्ता ढकालले आसन्न चाडपर्वलाई समेत दृष्टिगत गरी युद्धस्तरमा खटिएर देशभरको सडकमा यथासक्य छिटो यातायात सञ्चालन गर्ने गरी आवश्यक व्यवस्था मिलाइएको जानकारी दिनुभयो ।