१३ आश्विन २०८१, आईतवार
,
Latest
कमल थापालाई दोहोरो स्वर्ण माथिल्लो सडकबाट खसेको पहिरो तल्लो सडकका सवारीसाधनमा खस्दा झ्याप्ले खोला दुर्घटना समलिङ्गी विवाहलाई छुट दिएर नेपालमा सांस्कृतिक अतिक्रमण गरिएको छः महासचिव गुरुङ प्रधान सेनापतिसँग चीनको राजदूतको भेट हिउँदमा विद्युत आयातमा भर पर्नुपर्छः कुलमान घिसिङ सर्वदलीय बैठकको सरकारलाई सुझावः उद्धार र राहतमा ध्यान देऊ बाढी पहिरोबाट ऊर्जा,जलस्रोत र सिंचाई क्षेत्रमा मात्रै ४ अर्ब ३५ करोडको क्षति हवाई भाडा नबढाउने एयरलाइन्स कम्पनीको निर्णय सेनाद्वारा १३७ जनाको सकुशल उद्धार – फोटोफिचर पूर्वमुख्यमन्त्री राईद्वारा ‘हेर्ने कथा’का पात्र प्रकाशलाई जग्गा प्रदान
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या १४८ जना पुग्यो, ५५ जना बेपत्ता



अ+ अ-

काठमाडौँ । बिहीबारदेखिको अविरल वर्षाका कारण आएको बाढीपहिरो र डुबानमा परी मृत्यु हुनेको संख्या १४८ जना पुगेको छ ।

आइतबार अपराह्नसम्म मृत्यु हुनेको संख्या १४८ जना पुगेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

अविरल वर्षापछि पहिरोमा परेर धादिङको धुनिबेसी नगरपालिका वडा नम्बर ९ स्थित झ्याप्ले खोलामा मात्रै ३५ जनाको मृत्यु भएको छ ।यसैगरी, काठमाडौँ, ललितपुर र भक्तपुरमा पनि ४८ जनाको मृत्यु भएको छ । घटनामा अझैँ ५५ जना बेपत्ता हुनुका साथै १०१ जना घाइते भएको जनाएको छ ।

बाढी–पहिरोमा फसेका ३ हजार ६०० जना भन्दा बढीको उद्धार गरिएको प्रहरीले जनाएको छ । बेपत्ताहरूको खोजी कार्य हुनुका साथै उद्धारलाई प्रभावकारी बनाउन सुरक्षाकर्मी परिचालन गरिएको छ ।