• २३ भाद्र २०८१, आईतवार
  •      Sun Sep 8 2024
  •   Unicode
Logo

एमाले अध्यक्ष ओलीद्वारा पेट्रोलियम पदार्थ उत्खनन क्षेत्रको अवलोकन



दैलेख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दैलेखको भैरवी गाउँपालिका–१ स्थित पेट्रोलियम पदार्थ उत्खनन क्षेत्रको अवलोकन गर्नुभएको छ ।

झुलाघाट–चिवाभङ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्राका क्रममा दैलेख पुग्नु भएका अध्यक्ष ओलीले दुल्लु पुगेर आज बिहान पेट्रोलियम पदार्थ उत्खनन क्षेत्रको अवलोकन गर्नुभएको हो । उहाँले पेट्रोलियम पदार्थ उत्खननका बारेमा जानकारी लिनुका साथै श्रीस्थान मन्दिरको पनि दर्शन पनि गर्नुभएको छ ।

एमालेले झुलाघाट–चिवाभञ्ज्याङ: समृद्धिका लागि सङ्कल्प यात्रा’ अभियान अन्तर्गत आज दिउँसो सुर्खेतको पार्टी कार्यालय परिसरमा जनसभाको आयोजना गरेको छ ।