• २३ भाद्र २०८१, आईतवार
  •      Sun Sep 8 2024
  •   Unicode
Logo

हुम्लामा हिमपात,जनजीवन कष्टकर- फोटो फिचर



हुम्ला । हुम्लामा आइतबार रातिदेखि हिमपात भएको छ । विगत वर्षमा मङ्सिर र पुसमा पनि यहाँ हिउँ पर्ने गरेको थियो ।
हिमपात हुँदा यहाँको जनजीवन कष्टकर बनेको छ ।

लामो समयपछि हिउँ पर्दा यहाँका स्थानीय बिहानैदेखि रमाइलो गर्न थालेका छन् । गए रातिदेखि लगातार हिमपात हुँदा त्यहाँको जनजीवन कष्टकर बनेको छ ।

लिमी, मुचु, खगालगाउँ, तिल, जाङ गाउँलगायत स्थानमा बढी हिमपात भएको छ । बाक्लो हिउँका कारण आवतजावतमा समस्या भएको स्थानीयवासीले बताएका छन् । हिमपात हुँदा कोदो, चिनु, फापरलगायत  बाली सप्रिने आशामा हुम्लाका किसान छन् ।

दाने बोहरा/रासस