• १२ असार २०८१, बुधबार
  •      Wed Jun 26 2024
  •   Unicode
Logo
Latest
★   भेडीगोठले बुकीमा चहलपहल, बेंसी सुनसान ★   एसिया कप खेल्ने नेपाली टोलिको घोषणा ★   मनीताले पेरिस ओलम्पिक खेल्ने ★   इच्छाकामना गाउँपालिकाद्वारा तीनवटा कृषि एम्बुलेन्स सञ्चालन ★   अन्य थप ऐन संशोधनलाई प्राथमिकता दिन काँग्रेसलाई निजी क्षेत्रको सुझाव ★   नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउन उपकरण ★   कला, संस्कृतिसहितको पहिचान नै भावी पुस्ताको महत्वपूर्ण सम्पत्ति होः राष्ट्रपति पौडेल ★   स्वस्तिमा–साम्राज्ञीको अभिव्यक्ति गैर जिम्मेवारपूर्णः चलचित्र कलाकार संघ ★   नेपाल आँखा अस्पतालमा स्वास्थ्य बीमा सेवा लागू हुने ★   एकीकृत समाजवादीको अध्यक्षमा झलनाथ खनालले घनश्यामलाई सहयोग गर्ने

बाँकी बन्धक रिहाइका लागि युद्ध आवश्यक छ: इजरायलका प्रधानमन्त्री नेतान्याहु



एजेन्सी । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले हमाससँगको युद्धविराममा वार्ता सकिएपछि पनि बाँकी बन्धक रिहाइका लागि युद्ध आवश्यक भएको बताउनुभएको छ ।

उहाँले कतारमा भएको युद्धविरामको वार्ताबाट आफ्नो टोलीलाई बाहिर निकालेपछि इजरायलको घातक भूमि कारबाही जारी नराखि गाजामा बन्धकहरूलाई मुक्त गर्न असम्भव नहुने बताउनु भयो ।

शुक्रवार सात दिने युद्धविराम समाप्त हुनुअघि २४ विदेशी नागरिकहरूसहित ११०बन्धकहरूलाई रिहा गरिएको थियो । नेतन्याहुकाअनुसार गाजामा हमास र अन्य लडाकुहरूले लगभग १३५ जना अझै पनि बन्दी बनाएका छन् । उनले इजरायली रक्षा बल (आईडीएफ) लाई तिब्रताका साथ लडाई शुरु गर्न निर्देशन दिएको बताउनु भयो । इजरायलले युद्धग्रस्त गाजा पट्टीमा अक्टोबर ७ यता करिव एक लाख बम र रकेट आक्रमण गरेको हमासद्वारा सञ्चालित सरकारले जनाएको छ ।

गाजामा रहेको स्वास्थ्य मन्त्रालयकाअनुसार द्वन्द्व शुरु भएदेखि गाजामा कुल १५ हजार २ सय मानिस मारिएका छन् । जसमध्ये ७५ प्रतिशत बालबालिका, महिला र वृद्धहरू छन् ।