१० श्रावण २०८३, आईतवार
,
Latest
पार्टी एकता सहमतिउन्मुखः सभापति थापा साउनभित्र उपत्यकामा डिडिसीका ३० ‘आउटलेट’ सञ्चालमा आउँदै त्रिवि प्रश्नपत्र चुहावटमा शिक्षामन्त्रीको र्‍यापिड एक्सन खुकुरीसहित आक्रमणको प्रयास गर्ने चार युवक पक्राउ डलर साटिदिने भन्दै ठगी गर्ने चार जना पक्राउ एकीकृत भन्सार भवन छिटो सम्पन्न गर्न गृहमन्त्रीद्वारा निर्देशन पूर्वाधारमा प्राविधिक त्रुटि र जल प्रवाह क्षेत्र अतिक्रमणले माइतीघर डुबान उमा कुङफु संघद्वारा कराते बाबु छोरा सम्मानित रूसी कब्जामा रहेको शहर र सीमावर्ती गाउँमा युक्रेनी आक्रमणबाट छ जनाको मृत्यु तीव्र हावाले डढेलो फैलिँदा फ्रान्समा दुई लाख पचास हजारभन्दा बढी विस्थापित
तपाईं के खोज्दै हुनुहुन्छ ?

भिमाद एफएमद्वारा आयोजित देउसी भैलोबाट सङ्कलित रकम दीर्घरोगीलाई सहयोग



अ+ अ-

तनहुँ । भिमाद एफ.एम १००.९ मेगाहर्जले देउसी भैलोबाट संकलित रकम सहयोग गरेको छ । कार्तिक २६ देखि ३० गतेसम्म मौनता ब्याण्ड र स्थानीय कलाकारहरुको सहभागितामा आयोजित देउसी भैलो कार्यक्रमबाट संकलित १५ हजार रुपैयाँ दीर्घरोगीलाई सहयोग गरिएको हो ।

कला, संस्कृति र चाडपर्वको मौलिकतालाई जोगाउने मुख्य उद्देश्य सहित आयोजित देउसी भैलो कार्यक्रमबाट संकलित रकम भिमाद नगरपालिका वडा नं-२ अकला प्रगतिशिल टोल निवासी क्यान्सर पिडित लोक मायाँ थापालाई ५ हजार, सवारी दुघर्टनामा घाइते भई प्यारालाइसिस भएका भिमाद नगरपालिका वडा नं-२ हैदगा निवासी बेल बहादुर सार्कीलाई ५ हजार रबौदीकाली गाउँपालिका वडा नं स्थायी घर भई हाल भिमाद नगरपालिका वडा नं-६ मालेबगर निवासी राजु कुमार सुनारलाई ५ हजार सहयोग गरिएको भिमाद एफएम १००.९ मेगाहर्जका अध्यक्ष मिलन आलेले जानकारी दिए ।

सुनार २१ महिना पहिले सवारी दुघर्टनामा परी मेरुदण्ड पक्षघात भई उपचारको क्रममा रहेका छन् । भिमाद एफएमले गरेको सहयोगले उपचारमा केही राहत हुने बिरामीहरुका आफन्तले बताएका छन् ।

सो अवसरमा एफएमका अध्यक्ष मिलन आले, उपाध्यक्ष ध्रुव राज सुवेदी लगायतले आगामी दिनहरुमा समेत यस्तै सामाजिक कार्यहरु गर्ने प्रतिबद्धता जनाएका छन् ।

जाजरकोटका भूकम्प पिडितको लागि समेत सहयोग गर्ने भिमाद एफएमको तयारी छ ।