४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

युएसएआइडी र नेपाल सरकारद्वारा विश्व स्वास्थ्य सुरक्षा कार्यक्रमको शुभारम्भ

युएसएआइडी र नेपाल सरकारद्वारा विश्व स्वास्थ्य सुरक्षा कार्यक्रमको शुभारम्भ
अ+ अ-

काठमाडौँ:  अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआइडी) र नेपालको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आज युएसएआइडीको विश्व स्वास्थ्य सुरक्षा कार्यक्रमको संयुक्त रूपमा शुभारम्भ गरिएको छ । यो कार्यक्रम नयाँ सङ्क्रामक रोगहरू रोकथाम गर्ने, पत्ता लगाउने र तीविरुद्ध द्रुत रूपमा प्रतिकार्य गर्ने नेपाल सरकारको क्षमतालाई सुदृढ बनाउनका लागि गरिएको साझेदारी हो ।

यस कार्यक्रमको कार्यान्वयन पारिस्थितिक प्रणालीको, वन्यजन्तु तथा घरपालुवा जनावरको र मानिसको स्वास्थ्यबिचको अन्तर्निर्भरता स्वीकार गर्ने सहकार्यात्मक र अन्तर्विधागत विधि “वन हेल्थ” (एउटै स्वास्थ्य) मार्फत गरिनेछ । स्वास्थ्य सुरक्षा र महामारीको पूर्वतयारीलाई विश्वव्यापी रूपमै सुदृढ पार्ने बाइडेन प्रशासनको लक्ष्यको एक हिस्सा स्वरूप यस साझेदारीले सन् २०२५ सम्म ५० वटा देशमा प्राविधिक क्षमता अभिवृद्धि गर्ने अमेरिकी प्रयासहरूलाई अघि बढाउनेछ ।

कोभिड-१९ को महामारी कुनै नयाँ पशुजन्य रोगको जीवाणुले मानव स्वास्थ्य र विश्वका अर्थतन्त्रहरूमा पुर्‍याउन सक्ने हानिका बारेमा कडा चेतावनी थियो । उक्त महामारीले स्वास्थ्यसम्बन्धी खतराहरू अझ राम्ररी पहिचान तथा नियन्त्रण गर्न र विश्व स्वास्थ्य सुरक्षालाई पूर्णत: साकार पार्न हाम्रा विश्व स्वास्थ्य प्रणालीहरू कहाँ र कसरी सुधार हुनु आवश्यक छ भन्ने उजागर गरेको छ ।

युएसएआइडीको विश्व स्वास्थ्य सुरक्षा कार्यले रोगजन्य खतराहरूले महामारीको रूप लिनुअगावै तिनलाई रोक्ने, पत्ता लगाउने र तीविरुद्ध लड्ने देशहरूको क्षमतालाई सुदृढ गरी उक्त कमी पूरा गर्न मद्दत गर्नुका साथै देशहरूले राष्ट्रिय तहमा रहेका कमी तथा प्राथमिकताहरूलाई सम्बोधन गर्न सकून् भन्ने ध्येयले विश्व स्वास्थ्य सङ्गठनका अन्तर्राष्ट्रिय स्वास्थ्य नियमावलीसम्बद्ध लक्ष्यहरूलाई अघि बढाउँदै पनि छ ।

विश्व स्वास्थ्य सुरक्षा कार्यक्रममार्फत नेपालमा “वन हेल्थ” प्लेटफर्म र निगरानी प्रणालीहरूलाई सुदृढ बनाउन युएसएआइडीले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई कोष उपलब्ध गराउनेछ । युएसएआइडीले संयुक्त राष्ट्र सङ्घीय विश्व स्वास्थ्य सङ्गठन र खाद्य तथा कृषि सङ्गठनमार्फत पनि काम गर्नेछ । विश्व स्वास्थ्य सङ्गठनमार्फत युएसएआइडीले रोगहरू – विशेषत: नयाँ सङ्क्रामक रोगहरू – को निगरानीलाई सुदृढीकरण गर्नेस नयाँ सङ्क्रामक रोगहरू र एन्टिमाइक्रोबियल प्रतिरोध पत्ता लगाउन राष्ट्रिय प्रयोगशाला प्रणालीहरूको सुधार गर्नेस र सङ्क्रामक रोगसम्बन्धी स्वास्थ्य आकस्मिकता व्यवस्थापन प्रतिकार्यलाई अझ प्रभावकारी बनाउने कार्यलाई सहयोग गर्नेछ ।

युएसएआइडीले खाद्य तथा कृषि सङ्गठनमार्फत पशु स्वास्थ्यमा एन्टिमाइक्रोबियल प्रतिरोधको निगरानीलाई सुदृढ पार्नेस पशुजन्य रोगको निगरानीलाई मजबुत बनाउनेस र नेपालमा जैविक सुरक्षालाई सुधार गर्ने कार्यलाई सहयोग गर्नेछ । यी कार्यका निम्ति आगामी तीन वर्षमा युएसएआइडीले करिब ८९ करोड रुपैयाँसम्मको कुल रकम उपलब्ध गराउनेछ, जुन रकम कोषको उपलब्धतामा निर्भर हुनेछ ।

नेपालमा युएसएआइडी र “प्यान्डेमिक फन्ड” (महामारी कोष) बाट सहायताप्राप्त क्रियाकलापलगायत विश्व स्वास्थ्य सुरक्षाअन्तर्गतका सम्पूर्ण क्रियाकलापहरू नेपालले नेतृत्वप्राप्त मौजुदा “वन हेल्थ” समन्वय प्लेटफर्महरूमार्फत निकट रूपमा समन्वित हुनेछन् र तिनले सरकारका सबै तहमा काम गर्नेछन् ।

काठमाडौँमा आयोजित शुभारम्भ कार्यक्रममा बोल्दै युएसएआइडीको एसिया ब्युरो हेर्ने सहायक प्रशासक माइकल शिफरले भन्नुभयो, “यो कार्यक्रम नेपालीको स्वास्थ्य तथा सुरक्षा सुनिश्चित गर्ने दिशामा एउटा महत्त्वपूर्ण अग्रगामी कदम हो र यसले विश्व स्वास्थ्य तथा महामारीको पूर्वतयारीप्रति युएसएआइडीको जारी प्रतिबद्धतालाई प्रतिबिम्बित गर्दछ ।ू