४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

भान्से विरामी परेपछि ‘चौरासी व्यञ्जन’ नै अलपत्र…

भान्से विरामी परेपछि ‘चौरासी व्यञ्जन’ नै अलपत्र…
अ+ अ-

काठमाण्डौ । नेपालका विभिन्न जातजाति, धर्म, परम्परा र संस्कृति र ठाउँ अनुसार दैनिक रुपमा उपभोग हुँदै आएका र लोप हुन लागेका मौलिक रैथाने खानाको खोज, त्यसको प्रर्वद्धन र संरक्षण गर्दै आएका अभियन्ता एवम् भान्से (सेफ) प्रेमलाल घिसिङ्ग तामाङ्ग यतिखेर पेटको क्यान्सरले थलिएका छन् ।

असोजको पहिलो सातादेखि विरामी परेका उनको स्वास्थ्य परिक्षण गर्दा पेटको क्यान्सर देखिएपछि अहिले उनी मेडिकेयर अस्पताल चावहिलमा क्यान्सरको उपचार गराईराखेका छन् ।

गत साउन १५ गते राजधानीमा पत्रकार सम्मेलन गर्दै असोज २६ गते काठमाण्डौमा भव्य कार्यक्रमका साथ नेपाली मौलिक खाना सम्वन्धि प्रतियोगिता “चौरासी व्यञ्जन सम्मान—२०२३” आयोजना गर्न तम्सिएका एकाएक ओच्छ्यान पर्दा नेपाली मौलिक खाना चिनाउने चौरासी व्यञ्जन अलपत्र परेर त्यसै रोकिन पुग्यो । उनी ‘चौरासी व्यञ्जन समूह’ का अध्यक्ष हुन् ।

परम्परागत नेपाली मौलिक र रैथाने खानालाई प्रोत्साहन र प्रवद्र्धन गराउने र अतिथि सत्कारको क्षेत्रमा काम गर्दै आएकाहरुलाई प्रोत्साहन र सम्मान गर्ने उद्धश्यले सम्मान कार्यक्रम आयोजना गर्न लागिएको थियो ।

मौलिक रैथाने नेपाली खानाको प्रवद्र्धन गर्ने होटल, मोटेल, रेष्टुरेण्ट, होम स्टे लगायतका व्यवसायमा संलग्नहरुको साथै त्यहाँ आवश्यक पर्ने दक्ष जनशक्ति उत्पादन गर्ने शेफ, तालीम केन्द्र र कलेजहरुलार्ई ‘चौरासी व्यञ्जन सम्मान—२०२३’ प्रदान गर्नेगरि उनले सो प्रतियोेगिताको आयोजना गर्न लागेका थिए ।

विगत २५ वर्षभन्दा बढी समय अतिथि सत्कार व्यवसायमा संलग्न शेफहरुको साझा संस्था ‘चौरासी व्यञ्जन समूह’ ले गत असोज २६ गते राजधानीमा विभिन्न १४ वटा विधामा सो सम्मान प्रदान गर्ने तयारी गरेको थियो ।

समूहका अध्यक्ष प्रेमलाल घिसिङ्गले होम स्टे, उदीयमान शेफ, वरिष्ठ सेफ, हिरो सेफ, महिला शेफ लगायत विभिन्न १४ वटा विधामा सम्मान प्रदान गरिने बताएका थिए भने त्यसको लागि मनोनयनको कार्य विभिन्न शुरु गरिसकेका पनि थिए । बिसलाख रुपैयाँको लागतमा आयोजना गर्न लागिएको सो प्रतियेगिताका विजयीहरुलाई सम्मान स्वरुप ‘तामाको ओखल’ पुरस्कार दिइने तयारी थियो ।

तिनै क्रियाशिल अभियन्ता र भान्से अर्थात शेफ तामाङ्ग अहिले क्यान्सरको उपचारको लागि दाताहरुसंग सहयोगको याचना गरिराखेका छन् । नेपाली मौलिक खानेकुरा जोगाउन लागेका उनलाई अहिलेसम्म सरकारको तर्फबाट कुनै सहयोग प्राप्त भएको छैन । बरु उनले खाना पकाउन सिकाएर देश विदेशका विभिन्न होटेलहरुमा कार्यरत विद्यार्थीहरुले आफ्नो हैसियत अनुसारको आर्थिक सहयोग गरिरहेका छन् ।

उनको उपचारको लागि करीव ३० लाख रुपैँया लाग्ने र सहयोगी दाताहरुबाट अहिलेसम्म करीव पाँच लाख रुपैयाँ जम्मा भएको उनले बताए ।