२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

भूकम्प प्रभावित क्षेत्रमा आवास निर्माणका लागि खटिए मोहन आचार्य



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं संघिय सांसद मोहन आचार्य भूकम्प प्रभावित क्षेत्रका पीडितहरूका लागि आवास निर्माणमा खटिएका छन् ।

बिहिबारदेखि आचार्यको नेतृत्वमा जाजरकोटको विकट क्षेत्र कुशे गाउपालिका–७ धनराशिमा ३२ जनाको टोलि खटिएका हुन् । भुकम्पले क्षतिग्रस्त संरचना हटाउदै शुक्रबारदेखि अस्थायी आवास निर्माणको कार्य सुरु गरिएको आचार्यले बताए ।

भूकम्पपीडितका घाउमा थोरै भए पनि मलम लगाउन सकियोस् भनेर जाजकोटको विकट गाउँ धनराशिमा खटिएको बताए ।

अबको एक साता सोहि क्षेत्रका भूकम्पपीडितको माझमा रहने उनले बताए। पहिलो चरणमा करिब एक सय वटा अस्थायी आवास निर्माण गर्ने लक्ष्य रहेको आचार्यले बताए ।

स्थानिय स्रोत र साधनको प्रयोग गरि अस्थायी टहरा निर्माण गछौँ, दक्ष जनशक्ति सहित किलाकाटी लगायतको  लगायतको सामाग्री हामी आफैले ल्याई प्रयोग गरेका छौँ, उनले भने, विकट क्षेत्र सडक संजाल सहज नभएकोले सामान लैजान अलि समस्या भएको छ, ।