• ३१ जेष्ठ २०८१, बिहीबार
  •      Thu Jun 13 2024
  •   Unicode
Logo
Latest
★   मम–चाउमिन जस्तै गरी सिमेन्ट–इँटा खान्छिन् यी महिला ★   दूध बिक्री गरेर आत्मनिर्भर बन्दै किसान ★   सरकारले सबै जमिन आफ्नो मातहत ल्याउने नीति बनाउनुपर्छ: मेटमणी चौधरी ★   इमरान खान, कुरेसीलगायत पिटिआई नेता आजादी मार्च मुद्दामा निर्दोष ठहर ★   ताप्लेजुङमा बाढीले पुल बगाएपछि सडक अवरुद्ध ★   बन्दीपुर केवलकार व्यावसायिक रुपमा सञ्चालन ★   टी–२० विश्वकप खेलाइएको न्युयोर्कको नासाउ काउन्टी स्टेडियम भत्काइँदै ★   नेपालबाट तीन अर्ब बढीको हस्तकला विदेश निर्यात ★   जसपा महाधिवेशन: अध्यक्षमा उपेन्द्रले लिए शपथ, अन्य पद सहमतिबाट टुङ्ग्याउने ★   लुम्बिनी विकास कोषका इन्जिनियर भट्टराईलाई ६ वर्ष कैद र ८० लाख जरिवाना

पोलियो उन्मूलन टोलीमाथि गोली चल्दा पाकिस्तानमा दुई जनाको मृत्यु



इस्लामावाद । पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा शुक्रबार पोलियो उन्मूलन टोलीमाथि भएको आक्रमणमा एकजना प्रहरी सहित एकजना आतङ्ककारीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटना प्रान्तको खैबर जिल्लामा भएको हो । बच्चाहरूलाई पोलियो थोपा खुवाउन घरदैलो अभियानमा भाग लिएर फर्किने क्रममा आतङ्ककारीहरूले सो टोलीलाई निशाना बनाएको प्रहरीले जनाएको छ ।

प्रहरीको विज्ञप्ति अनुसार प्रहरीको जवाफी कारबाहीमा आतङ्ककारीको मृत्यु भएको हो । फरार अपराधीहरूलाई पक्राउ गर्न सो क्षेत्रमा खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

पोलियो टोली सुरक्षित रहेको छ भने बालबालिकालाई पोलियो खोप खुवाउने अभियान अर्को सूचना नआएसम्मका लागि स्थगित गरिएको छ ।

अनुसन्धानका लागि प्रहरीले उक्त क्षेत्रलाई घेराबन्दी गरेको छ । अहिलेसम्म कुनै पनि समूहले आक्रमणको जिम्मेवारी लिएको छैन ।