• २३ भाद्र २०८१, आईतवार
  •      Sun Sep 8 2024
  •   Unicode
Logo

पूर्व यूवराज्ञी हिमानी गुसी शान्ति पुरस्कार २०२३ बाट सम्मानित



काठमाडौं । पूर्व यूवराज्ञी हिमानी शाह गुसी शान्ति पुरस्कार २०२३ बाट सम्मानित हुनु भएको छ ।

फिलिपिन्सको राजधानी मनिलामा आयोजित कार्यक्रममा शाहलाई अन्तराष्ट्रियस्तरको गुसी शान्ति पुरस्कार प्रदान गरिएको हो ।

समारोहमा विभिन्न क्षेत्रमा आबद्ध रहि मानवीय कार्य साथै विश्व शान्ति तथा प्रगतिका निम्ति कार्यरत ,योगदान दिएका विभिन्न राष्ट्रका २० जना व्यक्तिलाई सो पुरस्कार प्रदान गरिएको थियो ।

हिमानी कोष मार्फत विभिन्न मानवीय सामाजिक कार्यमा सक्रिय भएकोमा शाहलाई पुरस्कृत गरिएको कोषले जनाएको छ ।