६ पुष २०८२, आईतवार
,
Latest
२० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक परम्परागत चिकित्सा पद्धतिलाई सरकारले महत्वपूर्ण अंगका रुपमा अघि बढाएको छः मन्त्री गौतम योग र ध्यानका माध्यमबाट भ्रष्टाचार हट्नसक्छः शिक्षामन्त्री पुन उत्कृष्ट पर्यटकीय गन्तव्य बन्दै अपी हिमालः तीन वर्षमा ५ हजार पर्यटक भित्रिए विराटनगरमा नोबेल मेडिकल कलेजको पाँचौँ तलाबाट खसेका डाक्टरको मृत्यु पूर्वप्रधानमन्त्री भट्टराई भारत जाँदै योग, ध्यान, आयुर्वेदलाई हेर्ने छुट्टै मन्त्रालय बनाइयोस्ः स्वामी आनन्द अरुण आहा ! आलिताल मौन पीडामा रहेकी कालिमायाको याचना … जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसंघमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारत र अष्ट्रेलियाबीचको खेल हुने रायपुर रंगशालामा खेलबीचमै अन्धकार हुन सक्ने



अ+ अ-

एजेन्सी । भारत र अष्ट्रेलियाबीचको पाँच खेलको टी–२० अन्तर्राष्ट्रिय सिरिज अन्तर्गत चौथो खेल आज रायपुरस्थित शहीद वीर नारायण सिंह अन्तर्राष्ट्रिय रंगशालामा हुँदैछ ।

यसअघिका तीन खेलमध्ये भारतले दुई खेल जितेको छ भने अष्ट्रेलियाले एक खेल जितेको छ । यसैबीच रायपुरको यो रंगशालाको धेरै भागमा बिजुली बिग्रिएको छ । यसको कारण २००९ देखिको विद्युत महसुल अहिलेसम्म तिरिएको छैन ।

रिपोर्टका अनुसार स्टेडियमको ३ अर्ब १६ करोड रुपैयाँ बिजुलीको बिल छ, जुन अहिलेसम्म तिरिएको छैन । यही कारण पाँच वर्षअघि विद्युत जडान पनि काटिएको थियो । छत्तीसगढ क्रिकेट संघको अनुरोधमा अस्थायी जडान दर्शकहरूको ग्यालरी र बक्स मात्र कभर गरिएको थियो । भारत र अष्ट्रेलियाबीचको खेलमा जेनेरेटरको सहायताले फ्लड लाइट बालिनेछ । यसको मतलब यदि जेनेरेटरले धोका दिन्छ भने, मैदानमा अन्धकार हुन सक्छ ।

क्रिकेट संघले रंगशालाको अस्थायी जडानको क्षमता बढाउन अपिल गरेको रायपुर ग्रामीण सर्कलका इन्चार्ज अशोक खाण्डेवालले स्वीकार गरे पनि अहिलेसम्म काम सुरु हुन नसकेको बताए ।

२०१८ मा हाफ म्याराथनका क्रममा दौडमा सहभागी खेलाडीले स्टेडियममा विद्युत आपूर्ति बन्द भएको थाहा पाएपछि निकै हंगामा भएको थियो । यसपछि सन् २००९ देखि ३ अर्ब १६ करोड रुपैयाँ पुगेको विद्युत महसुल नतिरेको खुलासा भएको छ ।

रंगशाला निर्माणपछि यसको मर्मत सम्भारको जिम्मा लोकविभागलाई दिइएको थियो भने बाँकी खर्च खेलकुद विभागको जिम्मामा थियो । अहिले दुवै विभागले विद्युत महसुल नतिरेको आरोप एकअर्कालाई लगाइरहेका छन् ।