१० श्रावण २०८३, आईतवार
,
Latest
भद्रपुरमा निःशुल्क प्लास्टिक सर्जरी शिविर सञ्चालन हुने भारत र बंगलादेश नेपालसँग बिजुली किन्न आतुर छन्, हामीले उत्पादन गर्न सकेका छैनौँः उपेन्द्र यादव संवैधानिक राजसंस्था र हिन्दु राष्ट्रको माग गर्दै भदौ अन्तिम सातादेखि आन्दोलन गर्ने प्रजातान्त्रिक पार्टी नेपालको… सीमा अपराध नियन्त्रण र राजस्व चुहावट नियन्त्रणमा नतिजामुखी काम गर्न निर्देशन सीमा अपराध नियन्त्रण र राजस्व चुहावट नियन्त्रणमा नतिजामुखी काम गर्न निर्देशन ग्रीसमा हुने अन्तर्राष्ट्रिय फोटो महोत्सवका लागि फोटो पत्रकार सुशील श्रेष्ठका तीन तस्बिर थानाभर्‍याङ क्षेत्रमा पुरुष मृत अवस्थामा फेला जलसम्पदालाई राष्ट्रिय समृद्धिको आधार बनाउनुपर्छः अध्यक्ष यादव मोबाइल नदिएको निहुँमा साथीको हत्या झापामा गत आवमा ३९३ लागुऔषधका मुद्दा दर्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

रोहित शर्मा र विराट कोहलीलाई टी–२० मा विश्राम, एकदिवसीयमा केएल राहुल कप्तान



अ+ अ-

एजेन्सी । दक्षिण अफ्रिका भ्रमणका लागि भारतीय टोलीको घोषणा भएको छ । बीसीसीआईले टी–२०, एकदिवसीय र टेस्ट सिरिजका लागि भारतीय टोलीको घोषणा गरेको हो ।

टी–२० मा सूर्याकुमार यादवले कप्तानी गर्नेछन् भने एकदिवसीयमा केएल राहुलले कप्तानी गर्नेछन् । रोहितले टेस्टमा टोलीको कमान्ड गर्नेछन् ।

बीसीसीआईले विराट कोहली र रोहित शर्मालाई विश्राम दिएको छ । यसबाहेक शुभमन गिललाई पनि आराम दिइएको छ । एकदिवसीय विश्वकपको फाइनलमा पराजित भएपछि रोहित र कोहली बिदामा छन् ।

विराट कोहली र रोहित शर्मा दक्षिण अफ्रिकाविरुद्ध फर्कनेछन् । टोलीको नेतृत्व रोहितले गर्नेछन् । जहाँ विराट कोहली तेस्रो नम्बरमा ब्याटिङ गर्दैछन् । विराट कोहलीले यसअघि बीसीआईसँग एकदिवसीय र टी–२० बाट आराम मागेका थिए ।

ओडीआईका लागि भारतको टोलीः रुतुराज गायकवाड, साई सुदर्शन, तिलक वर्मा, रजत पाटीदार, रिंकु सिंह, श्रेयस अय्यर, केएल राहुल (कप्तान/विकेटकिपर), सञ्जु साममसन (विकेटकिपर), अक्षर पटेल, वाशिंगटन सुन्दर, कुलदीप यादव, युजवेन्द्र चहल , मुकेश कुमार, आवेश खान, अर्शदीप सिंह, दीपक चाहर

टेस्टका लागि भारतको टोलीः रोहित शर्मा (कप्तान), शुभमन गिल, यशस्वी जैसवाल, विराट कोहली, श्रेयस अय्यर, रुतुराज गायकवाड, इशान किशन (विकेटकिपर), केएल राहुल (विकेटकिपर), रविचन्द्रन अश्विन, रविन्द्र जडेजा, शार्दुल ठाकुर, मोहम्मद ठाकुर, रविन्द्र जडेजा, मोहम्मद सिराज, मुकेश कुमार, मोहम्मद शामी, जसप्रित बुमराह (उपकप्तान), प्रसिद्ध कृष्ण




भर्खरै