६ पुष २०८२, आईतवार
,
Latest
२० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक परम्परागत चिकित्सा पद्धतिलाई सरकारले महत्वपूर्ण अंगका रुपमा अघि बढाएको छः मन्त्री गौतम योग र ध्यानका माध्यमबाट भ्रष्टाचार हट्नसक्छः शिक्षामन्त्री पुन उत्कृष्ट पर्यटकीय गन्तव्य बन्दै अपी हिमालः तीन वर्षमा ५ हजार पर्यटक भित्रिए विराटनगरमा नोबेल मेडिकल कलेजको पाँचौँ तलाबाट खसेका डाक्टरको मृत्यु पूर्वप्रधानमन्त्री भट्टराई भारत जाँदै योग, ध्यान, आयुर्वेदलाई हेर्ने छुट्टै मन्त्रालय बनाइयोस्ः स्वामी आनन्द अरुण आहा ! आलिताल मौन पीडामा रहेकी कालिमायाको याचना … जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसंघमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
तपाईं के खोज्दै हुनुहुन्छ ?

रोहित शर्मा र विराट कोहलीलाई टी–२० मा विश्राम, एकदिवसीयमा केएल राहुल कप्तान



अ+ अ-

एजेन्सी । दक्षिण अफ्रिका भ्रमणका लागि भारतीय टोलीको घोषणा भएको छ । बीसीसीआईले टी–२०, एकदिवसीय र टेस्ट सिरिजका लागि भारतीय टोलीको घोषणा गरेको हो ।

टी–२० मा सूर्याकुमार यादवले कप्तानी गर्नेछन् भने एकदिवसीयमा केएल राहुलले कप्तानी गर्नेछन् । रोहितले टेस्टमा टोलीको कमान्ड गर्नेछन् ।

बीसीसीआईले विराट कोहली र रोहित शर्मालाई विश्राम दिएको छ । यसबाहेक शुभमन गिललाई पनि आराम दिइएको छ । एकदिवसीय विश्वकपको फाइनलमा पराजित भएपछि रोहित र कोहली बिदामा छन् ।

विराट कोहली र रोहित शर्मा दक्षिण अफ्रिकाविरुद्ध फर्कनेछन् । टोलीको नेतृत्व रोहितले गर्नेछन् । जहाँ विराट कोहली तेस्रो नम्बरमा ब्याटिङ गर्दैछन् । विराट कोहलीले यसअघि बीसीआईसँग एकदिवसीय र टी–२० बाट आराम मागेका थिए ।

ओडीआईका लागि भारतको टोलीः रुतुराज गायकवाड, साई सुदर्शन, तिलक वर्मा, रजत पाटीदार, रिंकु सिंह, श्रेयस अय्यर, केएल राहुल (कप्तान/विकेटकिपर), सञ्जु साममसन (विकेटकिपर), अक्षर पटेल, वाशिंगटन सुन्दर, कुलदीप यादव, युजवेन्द्र चहल , मुकेश कुमार, आवेश खान, अर्शदीप सिंह, दीपक चाहर

टेस्टका लागि भारतको टोलीः रोहित शर्मा (कप्तान), शुभमन गिल, यशस्वी जैसवाल, विराट कोहली, श्रेयस अय्यर, रुतुराज गायकवाड, इशान किशन (विकेटकिपर), केएल राहुल (विकेटकिपर), रविचन्द्रन अश्विन, रविन्द्र जडेजा, शार्दुल ठाकुर, मोहम्मद ठाकुर, रविन्द्र जडेजा, मोहम्मद सिराज, मुकेश कुमार, मोहम्मद शामी, जसप्रित बुमराह (उपकप्तान), प्रसिद्ध कृष्ण