७ आश्विन २०८१, सोमबार
,
Latest
संविधान कार्यान्वयन नहुनु नै संशोधनको आधार होः पूर्वप्रधानन्यायाधीश श्रेष्ठ अब देश सम्हाल्न गाह्रो छः वरिष्ठ उपाध्यक्ष मिश्र घुन्सा हेलिकप्टर दुर्घटनाको १८ वर्षः वातावरण संरक्षणका कार्यक्रम गरी स्मरण मुगु ६५औँ साक्षर जिल्ला ‘भेन्टिलेसन’को रड काटेर फरार भएका सात थुनुवा पक्राउ प्रधान सेनापति र फ्रान्सका राजदूतबीच भेट सुविधासम्पन्न मुलपानी क्रिकेट मैदान बनाउने प्रक्रिया अगाडि बढेको छ– राखेप सदस्यसचिव घिसिङ आर्थिक स्रोतको बहस गर्न आवश्यक छः उपाध्यक्ष पाण्डे अर्थमन्त्री पौडेल चीन प्रस्थान गर्दै काँग्रेस–एमालेले सत्ताका लागि संविधान संशोधनको कथा बनाएः अध्यक्ष दाहाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

माओवादी केन्द्रले लुम्बिनी प्रदेशका दुई सांसदलाई  कारबाही गर्ने



अ+ अ-

लुम्बिनी । नेकपा माओवादी केन्द्रले लुम्बिनी प्रदेशका दुई सांसदलाई कारबाही गर्ने भएको छ । माओवादी केन्द्र छाडेर एमालेमा प्रवेश गरेका लुम्बिनी प्रदेशका सांसदद्वय दधिराम न्यौपाने र दिनेश पन्थीलाई पार्टीले कारबाही गर्ने भएको हो ।

सांसद न्यौपाने रुपन्देहीका हुन् भने पन्थी गुल्मीका हुन् । एमाले र माओवादी केन्द्र ब्युँतिएपछि उनीहरुले एमाले प्रवेश गरेका थिए । 

उनीहरुलाई पार्टीले कारबाही गरेको खण्डमा सांसद पद खारेज हुनेछ । यता पार्टीले २४ घण्टे स्पष्टीकरण सोधेको भए पनि एक हप्ता बितिसक्दा पनि सांसदद्वयले स्पष्टीकरणको जवाफ नदिएपछि कारबाही गर्न लागेको हो ।

यस्तै प्रदेशमा माओवादी केन्द्रले मुख्यमन्त्री मुख्यमन्त्री शंकर पोखरेललाई दिएको समर्थन फिर्ता गर्ने पनि तयारी थालेको बताइएको छ । माओवादी केन्द्रको समर्थन गुमाएपछि मुख्यमन्त्री पोखरेलले बहुमत गुमाउनेछन् । लुम्बिनी प्रदेशसभामा एमालेसँग ४१ सीट रहँदा माओवादी केन्द्रका २० सांसद रहेका छन् ।

गत फागुन २३ गते सर्वोच्च अदालतले ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको पक्षमा फैसला गरेलगत्तै नेपाल कम्युनिस्ट पार्टी (एमाले) र माओवादी केन्द्र ब्युँतिएका हुन् ।