४ भाद्र २०८३, बिहीबार
,
Latest
कप्तान ऐरी आइसिसी वरियताको तेस्रो स्थानमा सांसदहरूले आफूले बोल्ने हरेक शब्द र निर्णयप्रति गम्भीर हुनुपर्छः सभापति थापा बाँकेमा एक सातामै २२ फरार प्रतिवादी पक्राउ बागमती प्रदेश मन्त्रिपरिषद् बैठकः ‘इ-क्याबिनेट’ प्रणाली सञ्चालन गर्ने निर्णय लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकः अस्थायी सङ्गठन संरचना र दरबन्दी स्वीकृत स्वास्थ्य बिमामा यस वर्ष बजेट थप गरिएको छः अर्थमन्त्री डा स्वर्णिम वाग्ले पिपीए खोल्न सरकारले अघि बढायो प्रक्रिया तनहुँमा तीन हजार बढी नयाँ धारा जडान कर्णाली प्रदेशको विद्युतीकरण सरकारको प्राथमिकतामा : मन्त्री श्रेष्ठ हेलिकप्टर चढेर भाग्नेहरुको मति अझै सुध्रिएको रहेनछ: राप्रपा प्रवक्ता श्रेष्ठ
तपाईं के खोज्दै हुनुहुन्छ ?

हेनरी किसिन्जरको १०० वर्षको उमेरमा निधन



अ+ अ-

अमेरिकाका पूर्व विदेशमन्त्री एवं वरिष्ट कुटनीतिज्ञ हेनरी किसिन्जरको १०० वर्षको उमेरमा निधन भएको छ । अमेरिकाको कनेक्टीकटमा रहेको निवासमा उहाँको निधन भए पनि मृत्युको कारण बारेमा विस्तृत विवरण दिइएको छैन ।

अमेरिकाका यी वरिष्ट कुटनीतिज्ञले अमेरिकी पूर्व राष्ट्रपतिहरु निक्सन र फोर्डको कार्यकालमा राष्ट्रिय सुरक्षा सल्लाहकारको पनि जिम्मेवारी सम्हाल्नु भएको थियो ।

अमेरिकी विदेश नीतिमा आमूल परिवर्तन ल्याउने पात्रको रुपमा किसिन्जरलाई कुटनीतिक क्षेत्रमा विश्वभर चिनिन्छ ।

जर्मनीमा सन् १९२३ मा जन्मिएका किसिन्जर सन् १९३८ मा भागेर अमेरिका पुग्नु भएको थियो ।

सन् १९६९ मा तत्कालीन राष्ट्रपति रिचार्ड निक्सनले किसिन्जरलाई राष्ट्रिय सुरक्षा सल्लाहकारमा नियुक्त गरेसँगै उहाँको प्रभाव अमेरिकी विदेश नीतिहरुमा देखिन थालेको थियो । उहाँले निक्सनकै कार्यकालमा विदेश मन्त्रीका रुपमा सेवा गर्नु भएको थियो । त्यसपछिका राष्ट्रपति गेराल्ड फोर्डको कार्यकालमा पनि उहाँ विदेश मन्त्री रहनु भएको थियो ।

चीनसँगको सम्बन्ध सामान्यीकरण गर्न, सन् १९७३ मा इजरायलको योम किपुर युद्ध अन्त्य गर्न तथा भियतनाम युद्ध अन्त्य गर्ने पेरिस शान्ति सम्झौता गराउन उहाँले विशेष भूमिका निर्वाह गर्नु भएको थियो ।

तथापी रुससँग सम्बन्ध तिक्ततापूर्ण बनाउन र चिलीका तानाशाह अगस्टो पिनोचेसँगको सम्बन्ध सुधार गर्न विवादास्पद भूमिका निर्वाह गरेको आरोप उहाँमाथि लाग्ने गरेको छ ।

यद्यपी किसिन्जरले विश्वशान्तिका लागि महत्वपूर्ण योगदान गरेको भन्दै सन् १९७३ मा उहाँलाई नोबेल शान्ति पुरस्कार प्रदान गरिएको थियो ।

अन्तर्राष्ट्रिय राजनीतिमा गहिरो अभिरुचि राख्ने किसिन्जरले २१ वटा पुस्तक लेख्नु भएको थियो ।