• ७ जेष्ठ २०८१, सोमबार
  •      Mon May 20 2024
  •   Unicode
Logo
Latest
★   पूर्वराजा शाहद्वारा पाटनको भ्रमण- फोटो फिचर ★   बालेनको स्टाटसको केहीबेरमै चालकलाई छाडियो ★   छत्तीसगढमा पिकअप ट्रक खाल्डोमा खस्दा कम्तीमा १५ मजदुरको मृत्यु ★   गर्मीले जनजीवन कष्टकर ★   पाथीभरा म्याराथनको उपाधि आर्मीका श्रेष्ठलाई ★   सिंहदरबार, पार्टी कार्यालय र नेताको घरको फोहोर उठ्दैन – बालेन ★   अहिलेको संसदले संक्रमणकालिन न्यायसम्बन्धि विधेयक पारित गर्दैन: पूर्वसभामुख ढुंगाना ★   कांग्रेस केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठक बुधबार ★   केकेआरले रच्यो इतिहास, अब तेस्रो उपाधिको पर्खाइमा ★   बाँदरको हैरानी झेल्न नसकेर खास्टेतालपारीका किसान कागतीखेतीमा

५ किलो बढी गाँजाको धुलो सहित १ जना पक्राउ



काठमाडौं । धादिङ जिल्ला धादिङबेशी घर बताउने वर्ष १३ को निमा तामाङ पक्राउ परेका छन्। काठमाडौं जिल्ला चन्द्रागिरि नगरपालिका वडा नं. २ नागढुंगा स्थित चेकप्वाईन्टमा महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिइएको प्रहरी टोलीले तामाङलाई  शनिबार (हिजो) १२ः३० बजे पक्राउ गरेको हो । 

धादिङ माधवबेशीबाट काठमाण्डौ तर्फ आउँदै गरेको बा ३ ख ८५२३ नम्बरको यात्रुबहाक बसलाई रोकी चेकजाँच गर्ने क्रममा तामाङको झोलाबाट  खैरो टेपले बेरी ६ वटा पोका प्रतिबन्धित लागुऔषध गाँजाको धुलो ५ (पाँच) किलो ४०० ग्राम फेला परेको हो ।

तामाङले साथमा लिई आएको कालो रंगको झोला चेक गर्दा बरामद लागुऔषधसहित पक्राउ परेकी हुन् । प्रहरीले लागुऔषध नियन्त्रण ऐन २०३३ बमोजिम थप अनुसन्धान भइहेको जनाएको छ।