२० मंसिर २०८२, शनिबार
,
Latest
अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह पोखरालाई गुल्जार बनाउने ‘पोखरा सडक महोत्सव’ प्रथम राष्ट्रिय इनलाइन स्केट म्याराथनको उपाधि निमिषा र साम्देन लाई भ्याली पब्लिक बास्केटबलमा तेजस्वी र पारामाउन्ट विजयी महानगरपालिकाको लगानीमा ‘नारायण गोपाल-पेमला गीत गंगा भवन’ निर्माण : उपप्रमुख डंगोलबाट उद्घाटन इजरायलको ‘पूर्ण फिर्ता’ बिना गाजा युद्धविराम अधुरो हुने कतारका प्रधानमन्त्रीको भनाइ एनपिएलः रोसिङटनको अर्धशतकमा पोखरा आठ विकेटले विजयी अविश्वास बढेको छ, सुरक्षाका लागि सरकार जिम्मेवार हुनुपर्छः सभामुख घिमिरे अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ
तपाईं के खोज्दै हुनुहुन्छ ?

इजरायली सर्वसाधारणमाथि ७ अक्टोबरमा हमासबाट भएको आक्रमणको भिडियो हेर्दा…



अ+ अ-

काठमाण्डौ । यो वर्ष सन् २०२३ को अक्टोबर ७ को दिन इजरायलीहरुका लागि अत्यन्त दु:खद दिन रह्यो । त्यस दिनको एकाविहानैदेखि इजरायलसंगै जोडिएको प्यालेस्टाइन अधिनस्थ गाजा पट्टीमा रहेका  हमासले इजरायलका घरमा सुतिरहेका निहत्था केटाकेटी, वृद्धवृद्धा र सर्वसाधारणलाई अन्धाधुन्द निर्मम तरीकाले हत्या गर्यो ।

अक्टोबर ७ को एकाविहानैदेखि हमासले इजरायली गैरसैनिक सर्वसाधारणमाथि आक्रमण गरि अत्यन्त अमानवीय, क्रुर र विभत्स तरीकाले गरेका हत्याबारे डेढ महिनाको अवधिमा खोजवीन गरि संकलन गरिएका भिडियो बुधबार राजधानीको एउटा होटेलमा सीमित व्यक्तिहरुलाई देखाइयो ।

नेपालस्थित इजरायली राजदूतावासले साना साना क्लिप समेटेर तयार गरेको अत्यन्त संवेदनशिल भिडियो सीमित वरिष्ठ पत्रकार, कानुनवीद् तथा संघीय सांसदहरुलाई निम्ता गरि देखाएको थियो । होटेलको बन्द हलमा सो भिडियो क्लिप हेर्दा हलमा मुर्दा शान्ति छाएको थियो । दर्शकहरु सबै सुक्सुकाएका थिए । सबैको गला अवरुद्ध भएको थियो । कोहि भक्कानिन थालेका थिए ।

हमास आक्रमणका घाइतेहरु, इजरायली सुरक्षाकर्मी, घाइतेको उद्धारकर्मीका साथै हमासको मोवाइल, क्यामेरा, भिडियो क्यामेराबाट खिचेका, इजरायलको सडकमा गुडिरहेका गाडीमा जडान भएको क्यामेराबाट र हमासको सामाजिक सञ्जालमा अपलोड गरिएका ती दर्दनाक दृष्यहरु संकलन ४७ मिनेट लामो भिडियोमा समेटेर प्रर्दशन गरिएको थियो ।

‘इजरायलका निहत्था गैरसैनिक सर्वसाधारणलाई सुतिरहेको ठाउँमा गएर मार्ने आतंककारी हमासलाई कुनैपनि हालतमा माफ गर्न सकिन्न’—भिडियो प्रर्दशन सकिएपछि नेपालका लागि इजरायली राजदूत हनान गोडरले भने ।

तत्काल हतियार बिसाएर इजरायलसामु आत्मसर्मपण गर्न हमासलाई आग्रह गर्दै राजदूत गोडरले भने—‘उनीहरुको कार्य निन्दनीय, अमानवीय र माफि गर्न लायकको पटक्कै छैन, तैपनि उनीहरुले आत्मसर्मपण गरेमा हामी (इजरायल सरकार) उनीहरुलाई न्यायको लागि अदालत लैजान सक्छौं ।’

अक्टोबर ७ मा हमास आतंकमा परि घाइते भएका सुदुर पश्चिम विश्वविद्यालयका विद्यार्थी धन बहादुर चौधरीले एउटै कोठामा संगै सुतेका नेपाली साथीहरु आफ्नै आँखा अगाडि गुमाउनु पर्दाको पीडा स्मरण गर्दै हमासले अपहरण गरेका नेपाली बिपिन जोशीलाई छिटो मुक्त गर्न हमाससंग आग्रह गरे । चौधरी सहितका नेपाली इजरायल र गाजापट्टीको सीमाना नजिक किबुज अलुमिमा बस्दै आएका थिए ।

७ अक्टोबरमा हमासको आक्रमणमा परि १० जना नेपाली विद्यार्थी सहित १३९ जना इजरायली सर्वसाधारणको मृत्यु भएको थियो भने १ हजार ४०० घाइते भएका थिए । सो दिन हमासले बन्दी बनाएका २४० जनामध्ये १५५ जनाको अवस्था अझैसम्म पनि अज्ञात रहेको छ ।