• २१ असार २०८१, शुक्रबार
  •      Fri Jul 5 2024
  •   Unicode
Logo
Latest
★   इक्वेडरलाई पेनाल्टीमा हराउँदै अर्जेन्टिना कोपा अमेरिकाको सेमिफाइनलमा ★   गृहसचिव र प्रहरी प्रमुखसँग सहकारी अनुसन्धान गर्ने संसदीय समितिले आज जानकारी लिने ★   नेकपा एसको महाधिवेशन : विधिको नाममा विद्रोह, तर विधिकै हुर्मत ! ★   तीन दिन हल्कादेखि भारी वर्षाको सम्भावना ★   विद्यार्थी दुई, शिक्षक पनि दुई : प्रअ भन्दछन् ‘दिन बिताउन साह्रै गाह्रो भयो ’ ★   चलखेलमा प्रधानमन्त्री : एमाले अध्यक्ष ओलीको सत्तायात्रा टाढियो ! ★   जाउलाखेललाई महिला ह्विलचियर बास्केटबलको उपाधि ★   नेपाली खेलकुदको इतिहासमै पहिलो पटक एन्थ्रोपो मेट्रिक अनुसन्धान ★   सदभाव आचार्य गल्फ प्रतियोगिता खेल्न र प्रशिक्षण गर्न अमेरिका प्रस्थान ★   सुदूरपश्चिम प्रदेश सरकारबाट नेकपा एमाले बाहिरियो

राहुल द्रविडमाथि बीसीसीआईको विश्वास, भारतको मुख्य प्रशिक्षकमा निरन्तरता



एजेन्सी । भारतीय क्रिकेट टोलीको प्रशिक्षकमा राहुल द्रविडको निरन्तरता हुने भएको छ । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले उनको कार्यकाल थप गरेको छ । बोर्डले बुधबार यो घोषणा गरेको हो ।

द्रविडको दुई वर्षको कार्यकाल विश्वकपको फाइनलसँगै समाप्त भएको थियो । यसपछि बोर्ड र द्रविडबीच छलफल भयो र द्रविड कम्तिमा टी–२० विश्वकपसम्म टोलीसँग आबद्ध रहने निर्णय भएको थियो । टी–२० विश्वकप जुनमा वेस्ट इन्डिज र अमेरिकाले आयोजना गर्दैछ ।

भारतले १० डिसेम्बर २०२३ देखि ७ जनवरी २०२४ सम्म तीन टी–२०, तीन एकदिवसीय र दुई टेस्ट म्याचका लागि दक्षिण अफ्रिकाको भ्रमण गर्नेछ । बोर्डले द्रविड यस कार्यकालमा टोलीसँग रहने जनाएको छ ।

यसअघि यो विश्वास गरिएको थियो कि द्रविड आफ्नो कार्यकाललाई निरन्तरता दिन चाहँदैनन् र भिभिएस लक्ष्मणलाई दक्षिण अफ्रिका भ्रमणको लागि प्रशिक्षकको रूपमा पठाउन सकिन्छ ।

बीसीसीआईका एक अधिकारीले समाचार एजेन्सी पीटीआईलाई भने – ‘बीसीसीआई सचिव जय शाहले गत हप्ता द्रविडसँग कुरा गरेका थिए । यो कुराकानीपछि द्रविडले प्रशिक्षकको रुपमा आफ्नो कार्यकाल लम्ब्याउन राजी भए ।’

राहुल नोभेम्बर २०२१ मा टीम इन्डियाको मुख्य प्रशिक्षक नियुक्त भएका थिए । द्रविडका नजिकका मानिसहरूले उनी आफ्नो सम्झौता लम्ब्याउन इच्छुक नभएको बताउँदै आएका थिए । उनले यसबारे बीसीसीआई अधिकारीहरूलाई जानकारी समेत गराएका थिए ।

द्रविडको दुई वर्षको कार्यकालमा टीम इन्डिया एकदिवसीय विश्वकपको फाइनलमा पुगेको थियो । फाइनलमा अस्ट्रेलियासँगको हार बाहेक, भारतले विश्वकपमा आफ्ना सबै खेल जितेको थियो । योसँगै विश्वकप अघि भारतले एसिया कप जितेको थियो । गत वर्ष अष्ट्रेलियामा भएको टी–२० विश्वकपमा भारतले सेमिफाइनल खेलेको थियो ।

यस बाहेक भारतले अष्ट्रेलिया, श्रीलंका र न्युजिल्याण्डविरुद्धको घरेलु टेष्ट सिरिज र बंगलादेशमा सिरिज जितेको थियो । साथै, भारतले वेस्ट इन्डिज, अष्ट्रेलिया, दक्षिण अफ्रिका, न्यूजिल्याण्ड र श्रीलंका विरुद्धको घरेलु टी–२० सिरिज जित्न सफल भएको थियो । तर, दक्षिण अफ्रिका भ्रमणमा टेष्ट र एकदिवसीय सिरिजमा पराजय बेहोरेको थियो । यसबाहेक इंग्ल्याण्डमा भएको पाँचौं टेस्टमा पनि भारत पराजित भएको थियो ।