१२ श्रावण २०८३, मंगलवार
,
Latest
प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह चिकित्सकमाथिको आक्रमणको विरोधमा आज देशभर आकस्मिकबाहेकका सबै स्वास्थ्य सेवा बन्द हुने झापामा स्थानीय तहको सङ्ख्या हेरफेरबारे सर्वपक्षीय छलफल सुरु स्वास्थ्य मन्त्रालयद्वारा नारायणी अस्पतालका सेवा सञ्चालन गर्न अनुरोध सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ क्याफेमा लगेर बालिकामाथि जबरजस्ती करणी, सञ्चालकसहित ५ जना पक्राउ सात बुँदे सहमति पछि डा. गोविन्द केसीले तोडे अनसन क्रसरविरुद्ध सर्वोच्चमा मुद्दा जित्ने बाराकी शिक्षिकालाई प्रहरी र क्रसर व्यवसायीको निरन्तर दबाब आदेश भएको दिनको जानकारी विद्युतीय प्रणालीमा हेर्न सकिने अनसनरत डा केसीद्वारा औषधि लिन अस्वीकार
तपाईं के खोज्दै हुनुहुन्छ ?

श्रृंखला र सम्भवले मंसिर २८ मा विवाह गर्दै



अ+ अ-

काठमाडौं । पूर्व मिस नेपाल श्रृंखला खतिवडाले प्रेमी सम्भव सिरोहियासँग लगनगाँठो कस्ने भएकी छन् । श्रृंखला र सम्भवले यही मंसिर २८ गते विवाह गर्न लागेका हुन् ।

श्रृंखला र सम्भव करिब एक वर्षदेखि प्रेम सम्बन्धमा थिए । श्रृंखलाले करिब दुई महिना अगाडि मात्रै सम्भवसँग आफ्नो अफेयरको बारेमा सार्वजनिक गरेकी थिइन् ।

उनीहरुको विवाह हायात होटलमा हुने बताईएको छ । विवाहको रिसेप्सन पनि पुस १ गते हायातमा नै राखिएको छ । यद्यपी, विवाहको बारेमा भने दुवैले कुनै जानकारी दिएका छैनन् ।

नेकपा एकीकृत समाजवादीका नेता विरोध खतिवडा र मुनु सिग्देलकी छोरी समेत रहेकी श्रृंखलाले सन् २०१८ मा मिस नेपालको टाईटल जितेकी थिईन् । सम्भव भने कान्तिपुर मिडिया ग्रुपका प्रबन्ध निर्देशक हुन् ।