२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
जुवाको खालबाट वडाध्यक्षसहित ६ जना पक्राउ ‘आधुनिक चिकित्ससँगै आयुर्वेद, योग र ध्यानलाई प्रोत्साहन गर्ने कदम सकारात्मक’ सामाजिक सुरक्षा कोषलाई श्रम मन्त्रालयअन्तर्गत ल्याउनुपर्ने जेटियुसीसीको माग चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा बाघका आहार प्रजातिको सर्वेक्षण सम्पन्न नीतिगत तथा संस्थागत कब्जा अन्त्य गर्न निर्मम बन्छौँः अर्थमन्त्री वाग्ले फागुन २१ को निर्वाचन नेपालको इतिहासमा विशेष रुपमा अंकित हुनेछः कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी शेन्जेन–काठमाडौं सिधा उडानबाट १७५ चिनियाँ पर्यटक आए नेपाल तापक्रम वृद्धिले बाँकेमा आर्थिक र स्वास्थ्य चुनौती बढायो साहित्यले समाजलाई चेतनशील र सुसंस्कृत बनाउँछ: राष्ट्रपति पौडेल ३० हजार मेगावाटको लक्ष्य पूरा गर्न स्पष्ट कार्ययोजना आवश्यकः सांसद न्यौपाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

सानदार कमब्याक गर्दै म्यान्चेस्टर सिटीले लाइप्जिगलाई हरायो



अ+ अ-

एजेन्सी । च्याम्पियन्स लिग फुटबल अन्तर्गत इंग्लिस क्लब म्यान्चेस्टर सिटीले जित निकालेको छ ।

गएराति भएको समूह चरणको खेलमा सिटीले जर्मन क्लब आरबी लाइप्जिगलाई ३–२ गोलले पराजित गरेको हो । घरेलु मैदानमा सिटी पहिलो हाफमा २–० गोलले पछि परेको थियो ।

खेलको १३ औं र ३३ औं मिनेटमा लोइस ओपेन्डाले गोल गर्दै पाहुना टोलीलाई पहिलो हाफमा २–० को अग्रता दिलाएका थिए । तर, दोस्रो हाफमा सिटीले ३ गोल फर्कायो ।

५४ औं मिनेटमा एर्लिङ हालाण्ड, ७० औं मिनेटमा फिल फोडेन र ८७ औं मिनेटमा युलियन अल्भारेजले गोल गरे । ५ खेलमा ५ जित निकालेको सिटी नकआउट चरणमा प्रवेश गरिसकेको छ । लाइप्जिग पनि ९ अंकका साथ नकआउट चरणमा प्रवेश गरेको छ ।