• १२ श्रावण २०८१, शनिबार
  •      Sat Jul 27 2024
  •   Unicode
Logo
Latest
★   मनाङबाट ३२ किलो यार्सागुम्बा निकासी ★   चितवनमा ६४ जनामा डेङ्गु सङ्क्रमण ★   बागमती र सुदूरपश्चिम प्रदेशमा आज भारी वर्षाको सम्भावना ★   सम्पदा संरक्षण, महिला सशक्तीकरणको क्षेत्रमा स्व.अम्बिका श्रेष्ठको योगदान अतुलनिय: पूर्वराष्ट्रपति भण्डारी ★   १८ वर्षदेखि विचाराधीन संक्रमणकालीन न्यायमा कसरी जुट्यो सहमति ? ★   भेडेटारमा स्काइ टावर ★   मौद्रिक नीतिले समर्थन र स्वागत पाएको छः प्रधानमन्त्री ★   संघीय संसदले सहकारी संस्थाहरुको नियमन गर्नुपर्छः पूर्वअर्थमन्त्रीहरु ★   विमान दुर्घटनामा ज्यान गुमाउने पाँच जनाको शव आफन्तले बुझे ★   गृहमन्त्री लेखकसँग पूर्वसांसद मञ्चका प्रतिनिधिको भेट

सानदार कमब्याक गर्दै म्यान्चेस्टर सिटीले लाइप्जिगलाई हरायो



एजेन्सी । च्याम्पियन्स लिग फुटबल अन्तर्गत इंग्लिस क्लब म्यान्चेस्टर सिटीले जित निकालेको छ ।

गएराति भएको समूह चरणको खेलमा सिटीले जर्मन क्लब आरबी लाइप्जिगलाई ३–२ गोलले पराजित गरेको हो । घरेलु मैदानमा सिटी पहिलो हाफमा २–० गोलले पछि परेको थियो ।

खेलको १३ औं र ३३ औं मिनेटमा लोइस ओपेन्डाले गोल गर्दै पाहुना टोलीलाई पहिलो हाफमा २–० को अग्रता दिलाएका थिए । तर, दोस्रो हाफमा सिटीले ३ गोल फर्कायो ।

५४ औं मिनेटमा एर्लिङ हालाण्ड, ७० औं मिनेटमा फिल फोडेन र ८७ औं मिनेटमा युलियन अल्भारेजले गोल गरे । ५ खेलमा ५ जित निकालेको सिटी नकआउट चरणमा प्रवेश गरिसकेको छ । लाइप्जिग पनि ९ अंकका साथ नकआउट चरणमा प्रवेश गरेको छ ।