९ श्रावण २०८३, शनिबार
,
Latest
स्ट्रेट अफ होर्मुजमा व्यापारिक ढुवानीको रक्षाको लागि अन्तर्राष्ट्रिय गठबन्धनको तयारीमा अमेरिका र बेलायत: प्रतिवेदन १ रुपैयाँ दरको सिक्कामा चुच्चे नक्सासहित आकाश भैरवको चित्र मुगु कार्मारोङमा गएको पहिरोमा परी बालकको मृत्यु कारागारबाट फरार माझी पक्राउ ‘घुमुवा प्रहरी हुँ’ भनि ठगी गर्ने पक्राउ मधेस प्रदेश सरकारको जनलोकपाल आयोगद्वारा १५ मुद्दा फैसला झापामा डेङ्गु सङ्क्रमितको सङ्ख्या घट्दो न्यूजिल्याण्ड र पोर्चुगल पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले दिए राजीनामा विदेश भ्रमणको बहानामा ठगी गर्ने ‘ओसिस टुरिज्म’मा प्रहरीको छापा, दुई सञ्चालक पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल सुपर लिगः चितवन र काठमाडौं भिड्दै



अ+ अ-

काठमाडौँ । नेपाल सुपर लिग (एनएसएल)मा आज मंगलबार एक खेल हुँदैछ । आज हुने खेलमा एफसी चितवन र काठमाडौं रेजर्सबीच प्रतिस्पर्धा हुँदैछ ।

यी दुई टोलीबीचको खेल साँझ ५ः३० बजे दशरथ रंगशालामा सुरु हुनेछ ।

साविक विजेता काठमाडौंले पहिलो खेलमा स्पोर्टिङ इलामलाई हराउँदै प्रतियोगितामा विजयी सुरुवात गरेको थियो । चितवन भने पहिलो पोखरा थन्डर्ससँग पराजित भएको थियो ।

काठमाडौं लगातार दोस्रो जितको खोजीमा हुनेछ भने चितवन पहिलो जित निकाल्ने लक्ष्यका साथ मैदान उत्रनेछ । यसअघि हिजो सोमबार भएको खेलमा स्पोर्टिङ इलाम एफसीले झापा एफसीलाई १–० गोलले हरायो ।