२८ श्रावण २०८३, बिहीबार
,
Latest
म्याग्दीबाट सेवाग्राही खोज्दै पोखरा झरे जनप्रतिनिधि र कर्मचारी उपत्यकाका नेवार समुदायले बिशेष रुपमा मनाउने गुँला पर्व आजदेखि सुरु बिहीबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर कांग्रेस निवर्तमान सभापति देउवा आज काठमाडौं फर्कँदै जनआस्थाका सम्पादक श्रेष्ठ पक्राउको विरोधमा  पत्रकार आन्दोलित, तत्काल रिहाइको माग जनआस्था सम्पादक किशोर श्रेष्ठ पक्राउ एमाले र नेकपाद्वारा लुम्बिनी प्रदेशका मसालसँग सत्ता सहकार्य थुनुवा–कैदीको मानव अधिकार अवस्थाबारे उपसमितिको प्रतिवेदन कार्यान्वयन गरिने कोशी प्रदेश सरकारबाट पाँच मन्त्रीले दिए राजीनामा नयाँ ठेक्काबाट घुमाउने पुल निर्माण हुन्छः अर्थमन्त्री डा वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

रिलिजअघि नै बम्पर कमाई गर्दै रणवीर कपुरको फिल्म ‘एनिमल’



अ+ अ-

एजेन्सी । रणवीर कपूरको फिल्म ‘एनिमल’ डिसेम्बर १ मा सिनेमाघरमा रिलिज हुँदैछ । चलचित्रको अग्रिम बुकिङ डिसेम्बर २५ सुरु भएको थियो ।

ट्रेड रिपोर्टका अनुसार एनिमलले हालसम्म ६,०३६ शोको कुल २,०९,९८६ टिकट बिक्री गरेको छ । यो फिल्मले अहिलेसम्म ६.४२ करोड भारु कमाइ गरिसकेको छ ।

यो फिल्मले पहिलो दिन ५० करोडभन्दा बढी कमाउने अपेक्षा गरिएको छ । यो रणबीर कपुर र निर्देशक सन्दीप रेड्डी वांगा दुवैको करियरमा सबैभन्दा ठूलो डेब्यू हुने सम्भावना छ ।

रणवीर कपूरको ‘एनिमल’ मेघना गुलजारको ‘साम बहादुर’सँग प्रतिस्पर्धा गर्न तयार छ । ‘साम बहादुर’ भारतका प्रथम फिल्ड मार्शल साम मानेकशाको जीवनमा आधारित युद्ध नाटक हो । रणवीरको फिल्म विक्की कौशलको फिल्मभन्दा धेरै अगाडि छ । रिपोर्टलाई विश्वास गर्ने हो भने ‘साम बहादुर’को अहिलेसम्म १५ हजारभन्दा कम टिकट बिक्री भएको छ ।

ुकबीर सिंहु पछि ‘एनिमल’ सन्दीप रेड्डी वांगाको दोस्रो बलिउड फिल्म हो । यो डिसेम्बर १ मा हलमा रिलिज हुँदैछ । यो फिल्म यसअघि अगस्टमा रिलिज हुने भनिएको थियो तर सन्नी देओलको ‘गदर २’, अक्षय कुमारको ‘ओएमजी २’ र रजनीकान्तको ‘जेलर’सँगको भिडन्तका कारण निर्देशकले मिति सारेका थिए ।