• ३ असार २०८१, सोमबार
  •      Mon Jun 17 2024
  •   Unicode
Logo

दुर्गा प्रसाईंका स्वकीय सचिव बिनञ्जय थापा पक्राउ



काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंका स्वकीय सचिव विनञ्जय थापा पक्राउ परेका छन् ।

प्रसाईंका स्वकीय सचिव थापालाई सिनामंगल स्थित केएमसी अस्पतालबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी कुमोध ढुंगेलले बताए । उनलाई अहिले प्रहरी वृत्त गौशालामा राखिएको छ ।

व्यवसायी दुर्गा प्रसाईंले अहिले राष्ट्र, राष्ट्रियता धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान गरिरहेका छन् । मंसिर ७ गतेदेखि प्रसाईंले काठमाडौं केन्द्रीत आन्दोलन गरिरहेका छन् । सोमबारको आन्दोलनमा प्रहरीले गौशालाबाट धर्मगुरु श्रीनिवास आचार्य सहित १४ जना पक्राउ गरेको थियो ।