६ पुष २०८२, आईतवार
,
Latest
वर्तमान सरकारले जेन–जीको नेतृत्व गर्न सक्दैनः मिराज ढुंगाना धार्मिक पर्यटनको गन्तव्य बन्दै उत्तरगङ्गा ढोरबराह सभामुख घिमिरेसँग चिनियाँ राजदूत सोङको बिदाइ भेट विधायन ऐन कार्यान्वयनमा सरकार सक्रियः कानूनमन्त्री सिन्हा सरकारलाई राष्ट्रिय सभाका सांसदहरुको प्रश्नः तोकिएको मितिमा निर्वाचन हुन्छ कि हुँदैन ? नोरा फतेहीको कार गम्भीर दुर्घटनामा पर्यो ओढारमा रात कटाउनुपर्ने अवस्थाको अन्त्य चिसोले गरिब बस्तीको जनजीवन कष्टकर तेस्रो टेस्टमा इङ्गल्याण्डलाई ८२ रनले पराजित गर्दै अष्ट्रेलियाले लगातार पाँचौं पटक एशेज उपाधि जित्यो भरुवा बन्दुक पड्किँदा युवकको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

घिसिङलाई एसिया रग्बीको प्रतिष्ठित सेवा पुरस्कार



अ+ अ-

काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य–सचिव टङ्कलाल घिसिङलाई एसिया रग्बीले प्रतिष्ठित सेवा पुरस्कारबाट सम्मान गरेको छ ।

नेपाल रग्बी सङ्घका पूर्वअध्यक्षसमेत रहनुभएका घिसिङलाई उहाँको कार्यकालमा नेपालमा रग्बी खेलको विकास र विस्तारमा उल्लेखनीय योगदान पुर्याएवापत सम्मानित गरिएको हो । उज्वेकिस्तानको तास्केन्टमा भएको एसिया रग्बी अवार्ड कार्यक्रममा सदस्य–सचिव घिसिङलाई उक्त अवार्ड प्रदान गरिएको हो ।

सदस्य–सचिव घिसिङ एसिया रग्बीका कार्यकारी सदस्य पनि हुनुहुन्छ । सदस्य–सचिव घिसिङ सन् २०१२ मा नेपाल रग्बी सङ्घको अध्यक्षमा निर्वाचित भएएता २०२१ सम्म अध्यक्षको जिम्मेवारी सम्हाल्नुभएको थियो । दुई वर्षअघि उहाँ राखेप सदस्य–सचिवमा नियुक्त भएपछि अध्यक्ष पदबाट राजीनामा दिनुभएको थियो ।

पाएको थियो । सन् २०१८ मा नेपालले एसिया रग्बीको पूर्ण सदस्यता तथा सन् २०२० मा विश्व रग्बीको एशोसिएट मेम्बर प्राप्त गर्दा सदस्य–सचिव घिसिङको महत्वपूर्ण भूमिका रहेको थियो । उहाँकै महत्वपूर्ण भुमिकामा नेपालले यसै वर्ष विश्व रग्बीको पूर्ण सदस्यता पाएको थियो ।

सन् २०१९ मा एसिया रग्बीको सदस्यमा निर्वाचित भएपछि सदस्य–सचिव घिसिङ खासगरी दक्षिण एसियालाई केन्द्रमा राखेर एसियामा रग्बीको विकास र विस्तारमा निरन्तर कृयाशील रहँदै आउनुभएको छ ।