११ भाद्र २०८३, बिहीबार
,
Latest
त्रिशूली नदीमा आएको भीषण बाढीले रसुवादेखि चितवनसम्म ठूलो क्षति, खोज तथा उद्धार कार्य तिब्र भोटेकोशी बाढी : १६२ जनाको शव फेला, २८ प्रहरी अझै बेपत्ता भोटेकोशी बाढीको वितण्डा- फोटो फिचर भीषण बाढीबाट भएको क्षतिप्रति महासचिव गुटेरेसद्वारा दुःख व्यक्त गण्डकी प्रदेशमा मन्त्रिपरिषद् हेरफेर आइएफआरसीद्वारा भोटेकोशी बाढी प्रभावितलाई तत्काल करिब १९ करोड सहयोग घोषणा टप एन्ड टी–२० सिरिजः नेपाल ‘ए’ हैदराबादसँग खेल्दै त्रिशूली र नारायणी नदी किनारमा शव खोज्ने काम निरन्तर : ६४ शव भेटिए बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक दुई स्थानमा भारी वर्षा बाढीका कारण हालसम्म १५७ जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

ठगी गरेको अभियोगमा गुडविल सहकारी संस्थाका अध्यक्ष पक्राउ



सांकेतिक तस्बिर
अ+ अ-

काठमाडौं । ठगी गरेको अभियोगमा ललितपुर कुमारीपाटीस्थित गुडविल बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष ललितपुर गोदावरी नगरपालिका-१४ ठैब बस्ने ४१ वर्षीय दिवाकर श्रेष्ठलाई शनिबार प्रहरीले पक्राउ गरेको छ । 

दिवाकर लगायत संस्थाका अन्य पदाधिकारीहरू समेतको संलग्नतामा सर्वसाधारणलाई आफ्नो संस्थामा रकम जम्मा गरेमा बढी ब्याज दिलाई दिने भनि विश्वासमा पारि संस्थामा रकम जम्मा गर्न लगाई करिब ७९ करोड ८९ लाख ६४ हजार ५ सय २० रुपैयाँ ठगी गरेको भनी निक्षेपकर्ताहरूले चैत ५ गते महानगरीय प्रहरी परिसर ललितपुरमा दिएको किटानी जाहेरीका आधारमा खटिएको प्रहरीले चितवन भरतपुर महानगरपालिका-१० बाट उनलाई पक्राउ गरेको हो । 

 यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।