२९ आश्विन २०८३, बिहीबार Thursday, October 15, 2026
२९ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar तिब्बती भाषा पढाउन भारत लैजाँदै गरेका २५ बालबालिकाको उद्धार News Polar भदौमा दुई खर्ब २१ अर्ब विप्रेषण भित्रियो News Polar सूर्यविनायकलाई बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा News Polar दसैँमा नयाँ लुगा नलाइ चित्तै बुझ्दैन… News Polar दसैँसँगै बाँचेका गुणबहादुरहरु News Polar परराष्ट्रमन्त्री खनालसँग इन्डोनेसियाकी गैरआवासीय राजदूत लिस्टयोवतीको शिष्टाचार भेटवार्ता News Polar पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु News Polar कांग्रेस सहमहामन्त्री थारूतर्फ योगेन्द्र अगाडि, महिला केन्द्रीय सदस्यमा जीवनको अग्रता News Polar कांग्रेस महाधिवेशन: मधेस प्रदेश भूगोलतर्फका केन्द्रीय सदस्यको मतगणना दिउँसो १ बजेदेखि जारी News Polar सिप्रदी ट्रेडिङद्वारा एक्साइड ब्याट्रीमा ‘महा–एक्सचेन्ज धमाका’ अफर सार्वजनिक News Polar भोटेकोशी बाढीः दसैँ आयो तर आमाबुवा आउनुभएन News Polar नेपाल–इन्डोनेसिया सम्बन्ध थप सुदृढ बनाउने विषयमा परराष्ट्रमन्त्री खनाल र राजदूत लिस्ट्योवतीबीच छलफल News Polar प्रहरी दिवसमा ६१ जनाबाट रक्तदान News Polar इम्युनोसप्रेसेन्ट औषधिको बिक्री–वितरणमा रोक छैन : औषधि व्यवस्था विभाग News Polar नापजाँच सकिएको ११ वर्षपछि धनुषाका २३३ परिवारले पाए लालपुर्जा News Polar हलगोरु पाल्ने ४६ कृषकलाई जनही रु सात हजार अनुदान News Polar प्रसूति सेवामा आमाको गोपनीयता सुनिश्चित गरिने, पर्दा लगाउनुपर्ने News Polar आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी News Polar घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार काठमाडौँबाट बाहिरिए News Polar राष्ट्रपति पौडेलसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेस

शुक्लागण्डकीका सबै वडा कार्यालय भाडामुक्त

शुक्लागण्डकीका सबै वडा कार्यालय भाडामुक्त
अ अ+ अ-

तनहुँ । जिल्लाको शुक्लागण्डकी नगरपालिका मातहतमा रहेका सबै वडा कार्यालय भाडामुक्त बनेका छन् । चालु आर्थिक वर्षमा एकै साथ तीन वडाभवन निर्माण सम्पन्न गरेपछि भाडामुक्त बनेको हो । 

चालु आर्थिक वर्षमा २, ५ र ७ वडाका भवन निर्माण गरिएको हो । गत वर्ष वडा नं ३, ४, ९, १० र ११ का वडा भवन निर्माण गरिएको थियो । बाह्रवटा बडा रहेकामध्ये १, ६, ८ र १२ नं वडा साविकको गाविस भवन मर्मत सम्भार गरी सेवा प्रवाह गर्दै आएको प्रमुख प्रशासकीय अधिकृत गङ्गालाल सुवेदीले जानकारी दिनुभयो । 

शुक्लागण्डकी नगरपालिका–९ को नवनिर्मित वडा कार्यालय भवन सञ्चालनमा ल्याइएको छ । कूल रु ५१ लाख १३ हजारको लागतमा तीन कोठा एक हलसहितको भवन निर्माण गरिएको हो । 

शुरुका वर्षदेखि प्रत्येक वडा भवन निर्माणका लागि भूगोल र जनसङ्ख्याको आधारमा बजेट विनियोजन गर्दै आएको नगरपालिकाका प्रमुख किसान गुरुङले बताउनुभयो । 

त्यसैगरी व्यास नगरपालिका कार्यालय मातहतमा रहेका चौध वडा कार्यालय भाडामुक्त बन्ने अन्तिम चरणमा छन् । ब्यास–१ स्थित चारकुनेमा वडा कार्यालय भवन निर्माण भइरहेकाले छिट्टै भाडामुक्त बन्ने अवस्थामा रहेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलले जानकारी दिनुभयो । नगरपालिकाभित्र रहेका स्वास्थ्य केन्द्र भाडामुक्त अवस्थामा रहेको नगरपालिकाले जनाएको छ ।

त्यसैगरी आँबुखैरेनी गाउँपालिका वडाको पनि आफ्नै भवन हुने गरी छ वटै वडाका भवन निर्माण भइरहेको गाउँपालिकाका अध्यक्ष गिरबहादुर थापाले बताउनुभयो । जिल्लाको बन्दिपुर, भानु, देवघाट, घिरिङ, ऋषिङ, भिमाद र म्याग्देलगायतका पालिका मातहतमा रहेका वडा तथा स्वास्थ्य केन्द्रको भवन निर्माण तीव्ररूपमा भइरहेको बताइएको छ ।