४ पुष २०८२, शुक्रबार
,
Latest
निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस्: मन्त्री खरेल नेपाली महिला फुटबलमा उपाधि खडेरी तोड्ने एपिएफको लक्ष्य चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदैः रास्वपा राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी १५ औं महाधिवेशनमा सहमहामन्त्री माग्छु, नदिए महामन्त्रीमा लड्छुः काँग्रेस नेता शर्मा कुलमानले निर्माण व्यवसायीको मान मर्दन गरे, अन्तरिम सरकार पनि विगतको भन्दा फरक पाएनौँः अध्यक्ष सिंह एमाले केन्द्रिय कमिटी बैठक पुस २६, २७ र २८ गते बोलाइयो जेनजी आन्दोलनको रिपोर्टिङका क्रममा घाइते पत्रकारहरुको उपचार खर्च सरकारले व्यहोर्ने सञ्चारमन्त्रीको घोषणा एमाले राष्ट्रिय झण्डा ओढेर सिंहदरबार जलाउने जस्तो नक्कली पार्टी होइनः ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

१० वर्ष कान्छी प्रेमिकासँग विवाह गर्दै रणदीप हुड्डा



अ+ अ-

एजेन्सी । बलिउड अभिनेता रणदीप हुड्डाले आफ्नो विवाहको मिति घोषणा गरेका छन् । उनी आफ्नी लामो समयदेखिकी प्रेमिका लिन लैशरामसँग नोभेम्बर २९ मा मणिपुरमा विवाह गर्दैछन् । यसबारे जानकारी दिँदै रणदीपले पोस्ट साझा गरे ।

अभिनेताले लेखेका छन्, ‘महाभारतमा अर्जुनले मणिपुरी योद्धा राजकुमारी चित्रांगदासँग विवाह गरेका थिए । हामी पनि परिवार र साथीभाइको आशीर्वादमा विवाह गर्न जाँदैछौं । हामी तपाईसँग यो कुरा साझा गर्न पाउँदा धेरै खुसी छौं कि हाम्रो विवाह २९ नोभेम्बर २०२३ मा इम्फाल, मणिपुरमा हुँदैछ, त्यसपछि हामी मुम्बईमा रिसेप्शन पनि दिनेछौं । हामीलाई तपाईंको आशीर्वाद चाहिन्छ ।’

ई–टाइम्सको रिपोर्टका अनुसार रणदीप हुड्डा र लिन लैशरामको विवाह संस्कार २९ नोभेम्बरको दिउँसोदेखि सुरु भएर रातिसम्म चल्नेछ । उनीहरुले मणिपुरको परम्परा अनुसार मणिपुरी पहिरन लगाएर विवाह गर्नेछन् । विवाहको साँझ मणिपुरको लोकगीतले सजाइनेछ, जहाँ खाना पनि त्यही परम्पराको हुनेछ । विवाहका सबै संस्कार मणिपुरमा हुनेछन् । त्यसपछि जोडीले मुम्बईमा रिसेप्शन दिनेछन् ।

रणदीप हुड्डाकी प्रेमिका लिन लैशराम एक अभिनेत्री र मोडेल हुन् । उनले सन् २००७ मा रिलिज भएको फिल्म ओम शान्ति ओमबाट आफ्नो अभिनय करियर सुरु गरेकी थिइन् । यसपछि लिन म्यारी कोमरंगुन जस्ता फिल्ममा पनि काम गरिन् । लिन हालै रिलिज भएको नेटफ्लिक्स फिल्म जाने जानमा पनि करिना कपूरसँग देखिएकी छिन् ।