२४ श्रावण २०८३, आईतवार
,
Latest
सुशासन कायम गर्दै नागरिकमा राज्यप्रति विश्वास जगाउनु अहिलेको मुख्य उपलब्धि : हरि ढकाल अपाङ्गता भएका व्यक्तिको स्वास्थ्य र शिक्षामा पहुँच बढाउँदै तेह्रथुम ट्राफिक प्रहरीलाई गजुरेलको निर्देशनः ‘बोलीमा शुद्धता, व्यवहारमा नम्रता र आर्थिक अनुशासन कायम गरौँ’ संस्थापन इतर समूहसहित बाडेगाउँ पुगे खड्का, गरे कांग्रेस एकताको संकल्प फूलमा रस चुस्दै सिपराज बुङ्गेचरा आदिवासी अधिकारको पूर्ण कार्यान्वयनका लागि प्रतिबद्ध छौँ : कांग्रेस सभापति थापा पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते गोसाइँकुण्डमा जनैपूर्णिमा मेलाको तयारी आदिवासी जनजातिहरूको विशिष्ट पहिचान र संस्कृति नेपालको राष्ट्रिय गौरव हो : राष्ट्रपति पौडेल तीनबुँदे सहमतिअनुसार कर्णालीमा मन्त्रिपरिषद् विस्तार हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

वसन्तपुरमा लैङ्गिक हिंसाबिरुद्ध सचेतनामुलक कला प्रदर्शनी



अ+ अ-

काठमाडौँ । वसन्तपुरमा लैङ्गिक हिंसाबिरुद्ध सचेतनामुलक कला प्रदर्शनी गरिएको छ ।

आईतवार महिला हिंसा बिरुद्धको १६ दिने अभियान अन्तर्गत लैङ्गिक हिंसाबिरुद्ध सचेतनामुलक कला प्रदर्शन गरिएको हो ।

वन क्षेत्रमा हुने लैङ्गिक हिंसाबिरुद्ध प्रदर्शन गरिएको थियो । हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म विश्वभर मनाइने लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान शनिवारदेखि शुरु भएको हो । ‘लैङ्गिक हिंसा मानव अधिकारको हनन हो’ भन्ने विषयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा जनचेतना बिस्तार गर्न नेपालले पनि हरेक वर्ष नोभेम्बर २५ तारिखमा महिला हिंसा बिरुद्धको राष्ट्रिय अभियान दिवसका रुपमा मनाउने गरेको छ । सामुदायिक वन उपभोक्ता महासंघ नेपालका अध्यक्ष ठाकुर भण्डारीले १६ दिने लैङ्गिक हिंसा बिरुद्धको अभियानमा आज वसन्तपुरमा सचेतनामुलक नाटकको रुपमा लैङ्गिक हिंसा बिरुद्ध कसरी अघि बढ्ने, कसरी न्युनिकरण गर्ने भन्ने बारेमा सचेतना फैल्याएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हामीले १६ दिने लैङ्गिक हिंसा बिरुद्धको अभियान निरन्तर रुपमा गरिरहेका छौँ । आज हामीले वसन्तपुरमा सचेतनामुलक नाटकको रुपमा लैङ्गिक हिंसा बिरुद्ध कसरी अघि बढ्ने, कसरी न्युनिकरण गर्ने भन्ने बारेमा सचेतना फैल्याएका छौँ । लैङ्गिक हिंसाको अन्त्यको कुरा गरिरहँदा हामीले उपस्थितिमा कुन अवस्था छ, त्यसैगरी छलफल, निर्णय, कार्यान्वयन र लाभ वितरणमा लैङ्गिक हिसावले प्रभावकारी बनाउने बारेमा अघि बढीरहेका छौँ ।’

त्यस्तै सामुदायिक वन उपभोक्ता महासंघ नेपालकी महासचिव पार्वता गौतमले देशव्यापी रुपमा १६ दिने अभियान मनारहेको र सामुदायिक वनमा भएका लैङ्गिक हिंसाका बारेमा सचेतनामुलक कार्यक्रम गरेर देखाइएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हामीले देशव्यापी रुपमा १६ दिने अभियान मनारहेका छौँ । लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियानलाई हामीले हरेक साल विभिन्न कार्यक्रमका साथ मनाउने गर्दछौँ । सामुदायिक वनमा भएका लैङ्गिक हिंसाका बारेमा के काम गर्छौं भन्ने १६ दिनको कार्यतालिका बनाएर देशव्यापी रुपमा मनाएका छौँ ।’

उहाँले १६ दिनको कार्यतालिका बनाएर देशव्यापी रुपमा विभिन्न सचेतना फैल्याउने काम गरिरहेको बताउनु भयो ।