• २० असार २०८१, बिहीबार
  •      Thu Jul 4 2024
  •   Unicode
Logo
Latest
★   ललितपुरका मेयर चिरिबाबुलाई अख्तियारले काट्यो पत्र ★   रास्वपाका मन्त्रीहरुले राजीनामा दिँदै ★   चुरे विनास भएकोका चिन्ता, संरक्षणको माग ★   प्रस्तावित निर्वाचन आयुक्त प्रधानको संसदीय सुनुवाइ आज ★   एकीकृत समाजवादीको अध्यक्षमा नेपाल र भुसाल भिड्दै ★   रास्वपाले गर्‍यो महामन्त्री ढकाललाई निलम्बन, बुर्लाकोटीलाई कार्यवाहकको जिम्मेवारी, प्रवक्तामा मनिष ★   पार्टीमा बस्ने वातावरण छैन भन्दै निस्किए महामन्त्री ढकाल ★   ललितपुर महानगरले भत्कायो अख्तियारका आयुक्त अमात्यले अतिक्रमित गरेको संरचना ★   एमालेबाट सरकारमा रहेका मन्त्रीहरूले प्रधानमन्त्रीलाई राजीनामा बुझाए ★   साङ्गीतिक चलचित्र ‘हिरुलालः द सोल अफ कर्णाली’ सार्वजनिक

कमल थापाले बोलाए कार्य सम्पादन समितिको बैठक



file photo

काठमाडौं । राप्रपा नेपालको कार्य सम्पादन समितिको बैठक भोलि बिहान आठ बजे बस्ने भएको छ ।

पछिल्लो राजनितीक घटनाक्रम , पार्टीको योजना र आगामी कार्यक्रम बारे छलफल गर्न भोलि बिहान बैठक डाकिएको पार्टीका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए । ‘काठमाडौंमा उपलब्ध कार्य सम्पादन समितिका सदस्यहरुलाई सचिवालय मार्फत खबर गरिएको छ,उपत्यका बाहिरका पनि अनुकुल हुने उपस्थित हुनुहुनेछ’, बर्तौलाले भने ।

उनका अनुसार पछिल्लो समय भएको आन्दोलन, ब्यबस्था र नेतृत्व तह प्रती देखिएको जनताको बितृष्णा र आक्रोश , मुलुकको अबस्थाका बारेमा महत्त्वपूर्ण छलफल भई पार्टीले नयाँ रणनीति अख्तियार गर्नेछ । गृह जिल्ला हेटौंडामा रहेका थापा बैठकका निमित्त भनि काठमाडौं आईपुगिसकेका छन् । थापाले पार्टीले अबलम्बन गर्ने निति ,सिद्धान्त ,एजेन्डाको पक्षमा जसले आवाज उठाए आन्दोलन गरे पनि नैतिक समर्थन हुने स्पष्ट पारेका थिए ।

दुर्गा प्रसाईंको आन्दोलनमा प्रहरी दमनको थापाले बिरोध गरेका छन् भने जनआवाजलाई नजरअन्दाज नगर्न र गम्भिरतापुर्बक लिन सत्तासिन दलहरुलाई आग्रह गरेका थिए । केही दल र नेताहरुले राजाको बिरोध गरेकोमा थापाले असन्तुष्टि ब्यक्त गर्दै यो राजसंस्था प्रतिको आकर्षणका विरुद्ध गणतान्त्रिक नेताहरुको बर्बराहट भन्ने टिप्पणी गरेका थिए ।