• २३ भाद्र २०८१, आईतवार
  •      Sun Sep 8 2024
  •   Unicode
Logo

केपी ओली कपः पुलिसका कुशल भुर्तेलले बनाए पहिलो शतक



file

पोखरा । पोखरामा जारी केपी ओली कप टी—२० क्रिकेट प्रतियोगितामा कुशल भुर्तेलले शतक बनाएका छन् । जारी प्रतियोगितामा नेपाल पुलिस क्लबको तर्फबाट खेलेका उनले आइतबार मधेस प्रदेशविरुद्धको खेलमा शतक बनाएका हुन् । जारी प्रतियोगितामा बनेको यो पहिलो शतक हो ।

ओपनर ब्याट्सम्यान भुर्तेलले ५६ बलमा शतक पुरा गरे । शतक पुरा गरेलगत्तै अर्को बलमा उनी आउट भएका थिए । पेभेलियन फर्किनुअघि कुशल भुर्तेलले ५७ बलको सामना गरी सात छक्का र आठवटा चौका प्रहार गरे ।

अर्का ओपनर सुनिल धमलाले पुलिसका लागि ४५ रनको योगदान गरे । यस्तै, करण केसीले अविजित १६ रन बनाए । उनले पाँच बलमा एक छक्का र दुई चौका प्रहार गरे । कप्तान आरिफ शेख एक बलमा ६ रन बनाउँदै अविजित रहे ।

समूह ‘सी’ अन्तर्गतको खेलमा टस जितेर पहिले ब्याटिङ थालेको विभागीय टोली नेपाल पुलिस क्लबले मधेस प्रदेशसमक्ष जितका लागि एक सय ७६ रनको लक्ष्य प्रस्तुत गरेको छ ।