६ श्रावण २०८३, बुधबार
,
Latest
अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु सवारी दुर्घटनामा पाँच जनाको मृत्यु पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे इरान युद्धमा अमेरिकाको ३७.५ अर्ब डलर खर्च काठमाडौं महानगरपालिकाको प्रशासनिक भवन निर्माणको भौतिक प्रगति ३५ प्रतिशत सुदूरपश्चिम प्रदेशः अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर दिल्लीको जंतर–मंतरमा ‘ककरोच जनता पार्टी’को प्रदर्शन ३३औँ दिनमा, हजारौँ प्रदर्शनकारी सहभागी श्रमिकका उजुरी एक घण्टाभित्र सम्बोधन गर्न श्रम तथा व्यवसायजन्य सुरक्षा विभागको निर्देशन टेकुमा निर्माणाधिन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी विभिन्न कार्यक्रम गरी ४४३औँ बिपी स्मृति दिवस मनाइँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

मोहम्मद शामीले सडक दुर्घटनामा परेका युवकलाई बचाए



अ+ अ-

एजेन्सी । भारतीय क्रिकेट टिमका फास्ट बलर मोहम्मद शामीले नैनीतालमा सडक दुर्घटनामा परी घाइते भएका व्यक्तिको ज्यान बचाएका छन् ।

शामीले यो दुर्घटनाको भिडियो शेयर गर्दै यसको जानकारी दिएका हुन् । सामाजिक सञ्जालमा भिडियो शेयर गर्दै शामीले लेखेका छन्, ‘म धेरै भाग्यमानी छु कि भगवानले उनलाई दोस्रो जीवन दिनुभएको छ ।’

विश्वकप सकिएपछि भारतीय फास्ट बलर हाल बिदामा छन् । उनी उत्तराखण्डमा छन् । नैनीताल घुम्न जाँदा शामीले सडक दुर्घटनामा घाइते भएका व्यक्तिलाई सहयोग गरेको भिडियो शेयर गरेका छन् । शामीले इन्स्टाग्राममा एउटा भिडियो पोस्ट गरेका छन्, जसमा उनी सडक दुर्घटना पीडितलाई मद्दत गरिरहेको देख्न सकिन्छ जसको कार सडकबाट तल जंगलमा खसेको थियो ।

शामी एकदिवसीय विश्वकप २०२३ मा सर्वाधिक विकेट लिने बलर थिए । उनले मात्र सात खेलमा २४ विकेट लिए । शामीले लिग चरणमा भारतका प्रारम्भिक खेल खेल्न सकेनन् । तर, बंगलादेशविरुद्धको खेलमा अलराउन्डर हार्दिक पाण्ड्या घाइते भएपछि शामीले टोलीमा स्थान पाएका थिए ।