२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar गृहमन्त्री गुरुङको अपिल : बूढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा जान आग्रह News Polar बूढीगण्डकीको बाढीबाट प्रभावितको उद्धार र राहतमा जुट्न कांग्रेस सभापति थापाको अपिल News Polar बुढीगण्डकीमा भीषण बाढीः आरुघाटको पुल बगायो, धादिङ–गोरखा सम्पर्क विच्छेद News Polar ह्वाइट हाउसको नयाँ प्रेस सेक्रेटरीमा क्याटी जाचारिया नियुक्त News Polar स्वतन्त्र राज्यहरूको राष्ट्रमण्डल (सीआईएस) द्वारा रणनीतिक साझेदारी विस्तार गर्ने प्रतिवद्धता News Polar बूढीगण्डकी बाढीः सोती र माछीखोलाका पुल बगे, चार जनाको अवस्था अज्ञात News Polar रियाद विमानस्थलमा आक्रमण हुँदा १२ जनाको मृत्यु, ३०० भन्दा बढी घाइते News Polar बूढीगण्डकीमा बाढी : चुमनुब्रीका ३५ घर बगे News Polar वैदेशिक रोजगारी छाडेर गाउँमै बाख्रापालनमा रमाउँदै लक्ष्मीप्रसाद News Polar पहिरोले घेरिएको पाउद्धार, विस्थापितलाई गाउँ फर्किन अन्योल News Polar एक सय २३ जनाको मोतियाविन्दुको शल्यक्रिया News Polar देशका हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बुढीगण्डकी नदीमा बाढीको जोखिम,सर्तकता अपनाउन आग्रह News Polar झिलिमिली बत्तीले सिङ्गारिए काठमाडौँका मठमन्दिर तथा शक्तिपीठ News Polar कांग्रेसको १५औँ महाधिवेशन: उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप अगाडि News Polar दुर्गा पक्षः नेपालीको महान् पर्व बडादसैँ सुरु, आज घटस्थापना गरिँदै News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना

कार्तिक नाचमा देखाइयो नृसिंह अवतारको गाथा

कार्तिक नाचमा देखाइयो नृसिंह अवतारको गाथा
अ अ+ अ-

काठमाडौं । कार्तिक नाच शुरु भएको ८ औं दिन नृसिंह अवतारको गाथा प्रश्तुत गरिएको छ ।

मंसिर २ गतेबाट यस पटक शुरु भएको कार्तिक नाचमा शनिवार राति नृसिंह अवतार (हिरण्यकश्यपु वध) देखाइएको हो । वि.स. १६९७ मा शुरु भएको ऐतिहासिक कार्तिक नाचमा भगवान विष्णुसँग सम्बन्धित १७ वटा धार्मिक कथाहरूसँग जोडिएको छ । यो ऐतिहासिक नाच पाटनका तत्कालीन राजा सिद्धिनरसिंह मल्लले आफ्ना गुरुहरू हरिवंश राजोपाध्याय र विश्वनाथ उपाध्यायको सल्लाहअनुसार तत्कालीन दरबार चोकभित्र रहेको भगवान श्रीकृष्णको मन्दिर निर्माण सम्पन्न भएको उत्सव मनाउन पहिलो पटक शुरु गरेको इतिहास छ ।

कार्तिक नाच हरेक वर्ष कार्तिक महिनामा प्रदर्शन गरिने नृत्य र संगीतमा आधारित भएर देखाइने नृत्य नाटक हो । यो नाच पाटन दरबार स्क्वायरमा अवस्थित कार्तिक डबलीमा मञ्चन गरिन्छ । शुरुमा यो नाच राजा सिद्धिनरसिंह मल्लले ५ दिनको लागि नाशल चोकमा देखाएर यसको शुरुवात गर्नुभएको थियो । स्थानीय किरण चित्रकारले कार्तिक नाच आज भन्दा ३८३ वर्ष (बि.सं. १६९७) मा राजा सिद्धिनरसिंह मल्लको पालामा उनका गुरुद्वय हरिवंश उपाध्याय र विश्वनाथ उपाध्यायको सल्लाहमा शुरु भएको बताउनु भयो ।

उहाँले शुरुवाती दिनमा ५ दिनबाट शुरु भएको यस नाचमा सिद्धिनरसिंह मल्लका छोरा श्रीनिवास मल्लले ७ दिन थपेर १२ दिन सञ्चालन गर्नुभएको बताइन्छ । त्यसपछि श्रीनिवासका छोरा योगनरेन्द्र मल्लले यसमा अरु १५ दिन थपेर १ महिनाभर सञ्चालन गर्नेगरी थालनी गरिएको उहाँले बताउनु भयो । एक महिनाभर मनाउने गरिएपनि विभिन्न समयमा विभिन्न कारणले गर्दा मनाउन नसकिएको चित्रकारको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘कार्तिक नाच आज भन्दा ३८३ वर्ष (बि.सं. १६९७) मा राजा सिद्धिनरसिंह मल्लको पालामा उनका गुरुद्वय हरिवंश उपाध्याय र विश्वनाथ उपाध्यायको सल्लाहमा शुरु भएको हो । शुरुवाती दिनमा ५ दिनबाट शुरु भएको यस नाचमा सिद्धिनरसिंह मल्लका छोरा श्रीनिवास मल्लले ७ दिन थपेर १२ दिन सञ्चालन गर्नुभयो, पछि श्रीनिवासका पनि छोरा योगनरेन्द्र मल्लले यसमा अरु १५ दिन थपेर १ महिनाभर सञ्चालन गर्नेगरी थालनी गरियो । कार्तिक महिनाभर प्रदर्शन गर्ने भएकाले यस नाचलाई कार्तिक नाच भनिन्छ । श्रीकृष्ण, नृसिंह लगायत केहीमा पहिलाबाट नै चलि आएका श्रेष्ठभित्रका पनि विभिन्न जातिका मानिसहरु रहेपनि अन्य नाच भने श्रेष्ठहरु सबैले नाच्ने गरेका छन् । तर हामी पहिलाबाट नै चलिआएको जातअनुसार नचाउने प्रयासमा छौँ ।’

कार्तिक नाच शुरुमा ‘बाथ: प्याखँ’ बाट शुरु हुन्छ । यो तीन दिनसम्म देखाइन्छ । त्यसपछि भगवान विष्णुको विभिन्न कथाहरूमा आधारित नाचहरू प्रश्तुत गरिन्छ । तत्कालीन समयमा देशमा शान्ति, समृद्धि र मनोरञ्जनको हेतुले यो नाच शुरु भएको मानिन्छ । कुनै समय कार्तिक महिनामा २७ दिन अर्थात महिना दिनसम्म देखाइने हुँदा यो नाच कार्तिक नाचको नामले परिचित छ । परापूर्वकालमा कार्तिक महिनाभर मनाइँदै आएको उक्त नाच पछिल्ला वर्षहरूमा विविध कारणले गर्दा केही दिन मात्र देखाउन थालिएको छ । यस वर्ष मंसिर २, ३ र ४ गते बाथ: प्याखँ, ५ गते युद्ध कला (शितज्वर/विषमज्वर युद्ध, महादेव/कृष्ण युद्ध), ६ गते देवी प्याखँ, ७ गते ज्ल शयण, ८ गते बराह अवतार, ९ गते नृसिंह अवतार, १० गते वस्त्रहरण लिला, ११ गते दधि लिला देखाइनेछ ।