• २१ असार २०८१, शुक्रबार
  •      Fri Jul 5 2024
  •   Unicode
Logo

न्युक्यासलसँग चेल्सीको नमिठो हार, खायो चार



काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत न्युक्यासल युनाइटेडले सानदार जित निकालेको छ ।

शनिबार राति सम्पन्न खेलमा न्युक्यालले चेल्सीलाई ४–१ गोलले पराजित गरेको हो । घरेलु मैदान जेम्स पार्कमा भएको खेलमा न्युक्यासल एकपक्षीय हाबी बन्यो । खेलको १३ औं मिनेटमा अलेक्जान्डर इसाकले गोल गर्दै न्युक्यासललाई सुरुवाती अग्रता दिलाएका थिए ।

२३ औं मिनेटमा रहिम स्टर्लिङले गोल गर्दै चेल्सीलाई १–१ गोलको बराबरीमा ल्याए । त्यसपछि खेलको दोस्रो हाफमा न्युक्यालले तीन गोल थप्यो । ६० औं मिनेटमा जमाल लासेलेस, ६१ औं मिनेटमा जोएलिन्टन र ८३ औं मिनेटमा एन्थोनी गोर्डनले गोल गरे ।

खेलको ७३ औं मिनेटमा रिकी जेम्सले रातो कार्ड खाएपछि चेल्सी १० खेलाडीमा समेटिएको थियो । यो नतिजासँगै न्युक्यासल १३ खेलबाट २३ अंकका साथ तालिकाको छैटौं स्थानमा छ । चेल्सी १६ अंकका साथ १० औं स्थानमा छ ।