२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिटी र लिभरपुलको बराबरी



अ+ अ-

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत म्यान्चेस्टर सिटी र लिभरपुलले बराबरी खेलेका छन् । भर्खरै सम्पन्न खेलमा दुबै टिमले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् ।

घरेलु मैदान इतिहाद स्टेडियममा सिटीले सुरुवाती अग्रता बनाएको थियो । खेलका २७ औं मिनेटमा एर्लिङ हालाण्डले गोल गर्दै सिटीलाई सुरुवाती अग्रता दिलाएका हुन् । तर, खेलको ८० औं मिनेटमा ट्रेन्ट अलेक्जान्डर आर्नल्डले गोल गर्दै लिभरपुललाई हारबाट जोगाए ।

यो नतिजासँगै सिटी १३ खेलबाट २९ अंकका साथ तालिकाको शीर्षस्थानमा यथावत छ । लिभरपुल २८ अंकका साथ दोस्रो स्थानमा छ ।