४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

बनभोजबाट फर्केको स्कुल बस दुर्घटना हुँदा तीनको मृत्यु, ३९ घाइते



अ+ अ-

उदयपुर । त्रियुगा नगरपालिका–५ देउरीको अन्नपूर्ण स्कुलको बस आज दिउँसो उदयपुरगढी गाउँपालिका–७ अँधेरीमा दुर्घटना हुँदा बस चालकसहित तीनको मृत्यु भएको छ भने बसमा सवार ३९ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार बनभोजबाट फर्कने क्रममा बस दुर्घटना भएको हो । दुर्घटनामा परी बस चालक ४० वर्षीय भिखन चौधरीको घटनास्थलमा नै मृत्यु भएको छ । साथै, ७ वर्षे सन्ध्या चौधरी र ६ वर्षे विकास चौधरीको मृत्यु भएको छ ।

घाइते विद्यार्थीको जिल्ला प्रहरी र स्थानीयको सहयोगमा जिल्ला अस्पताल उदयपुर ल्याइ उपचार सुरु गरिएको जिल्ला प्रहरी कार्यलय उदयपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरिनन्दन चौधरीले बताउनुभयो । गम्भीर घाइते पाँच जनालाई थप उपचारका लागि विराटनगर पठाइएको छ । रासस