२ पुष २०८२, बुधबार
,
Latest
पोखरा महानगरपालिका स्थापना दिवसः ‘पोखरेली नवरत्न’बाट नौ जना सम्मानित भ्रष्टाचार र बेथितिविरुद्धको कथामा ‘झरीपछिको इन्द्रेणी’ मन्त्री कुलमान घिसिङबाट बर्दिया—कैलाली जोड्ने दौलतपुरघाट पुलको शिलान्यास एमाले नेतृत्व चयनका लागि मतदान समय ८ बजेसम्म थप जेन–जी आन्दोलन जाँचबुझ आयोगको म्याद एक महिना थप हुन्छः प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदुतको शिष्टाचार भेट नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो ट्रकको ठक्करबाट घाइते भएकी महिलाको मृत्यु संसद विघटनविरुद्ध कांग्रेसको रिटमा कारण देखाऊ आदेश रूस र इरानद्वारा अन्तर्राष्ट्रिय यातायात मार्ग कार्यान्वयनलाई गति दिने प्रतिवद्धता
तपाईं के खोज्दै हुनुहुन्छ ?

भालाडोलिडमाथी बार्सिलोनाको जित



अ+ अ-

म्याड्रिड । ओसमन डेम्बेलेले खेलको अन्त्यतिर नाटकीय गोल गरेपछि बार्सिलोनाले स्पेनी ला लिगामा आइतबार रियल भालाडोलिडलाई १–० ले हराएको छ ।
यो जितपछि बार्सिलोना अंक तालिकाको दोस्रो स्थानमा मजबुत देखिएको छ

जितसँगै बार्सिलोनाको ६५ अंक भएको छ । शीर्ष स्थानमा रहेको एटलेटिको म्याड्रिडसँग बार्सिलोना एक अंकको मात्र दूरीमा रहेको छ । अब बार्सिलोनाले लिग उपाधिका लागि बलियो चुनौती पेस गर्न सक्नेछ ।

लिगमा बार्सिलोनाको यो लगातार छैटौं जित पनि हो । खेल बराबरीतर्फ अग्रसर देखिएको बेला डेम्बेलेले ९० औं मिनेटमा निर्णायक गोल गरे । अघिल्लो टिम एटलेटिको सेभियाविरुद्धको खेलमा पराजित भएपछि लिग उपाधिका होड खुल्ला भएको हो ।